BICITRA KHABAR

BICITRA KHABAR

कन्डक्टरले चलाएको बस दुर्घटना हुँदा एकको मृत्यु

दोलखा, पुस १३ - काठमाडौंबाट दोलखा सोरुङखोलातर्फ छुटेको यात्रुबाहक बस शनिबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना ११ जना घाइते भएका छन् ।दोलखाको सुनखानी गाविस वडा नं. ८ स्थित अल्छेढुङ्गामा अरनिको यातायात सेवा समितिको बा २ ख ३०५१ नम्बरको बस सडकबाट करिब सय मिटर तल खस्दा खोपाचागु गाविस वडा नं. ७ का करिब २१ वर्षीय जोक्ते भनिने मोहनबहादुर विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा घाइते मार्वुका छिरी शेर्पाले कन्डक्टरले बस चलाएकाले दुर्घटना भएको दाबी गरेका छन् । 'चालकले गाह्रो भो भनेपछि कन्डक्टरले चलाएको केही बेरमै घुम्ती काट्न नसकेर बस खस्यो,' चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचारार्थ उनले भने ।दुर्घटनामा मार्वुका डेढ वर्षीय हेमन्त गुरुङ, उनकी आमा अस्मिता, च्यामाका यादव फुयाल, लादुकका कल्याणी खत्री, खोपाचागुका महेन्द्र बुढाथोकी, गोपाल बुढाथोकी र आलम्पुका रुपबहादुर थामी, काभ्रेका पदमबहादुर दाहालसहित ११ जना घाइते भएका छन् ।घाइतेमध्ये ६ जनाको काभ्रेको धुलिखेल र बाँकीको स्थानीय सदरमुकामको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते दोलखा मार्बुकी अस्मिता गुरुङ र उनकी डेढ वर्षीय छोरा हेमन्त उपचारार्थ च्छोरोल्पा अस्पतालमा । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More