अष्ट्रेलिया, पुस १२ - पपुवान्युगिनीको पोर्टमस्बीमा एक नेपालीको मृत्यु भएको छ । क्रिसमसको दिन साँझ कामबाट फर्किएका ललितपुरका सुजन पाठकलाई उनी बस्दै आएको घरमा मृत भटिएको उनका परिवारले जानकारी दिएका छन् ।पाठक रोजगारीको सिलसिलामा पपुवान्युगिनी आएका थिए । उनका भिनाजु सृजन ढकालले दिएको जानकारी अनुसार पोष्र्टमार्टम भइनसकेकाले घटनाको वास्तविक कारण खुल्न सकेको छैन् । श्रीमतीसँग पोर्टमस्बीमा बस्दै आएका उनी स्थानीय होटलमा काम गर्थे ।पपुवान्युगिनीको समेत कार्यभार सम्हालिरहेका अष्ट्रेलियाका लागि नेपालका राजदुत रुद्रकुमार नेपालले पोष्टमार्टम रिर्पाेट आइसकेपछि के कारणले घटना भएको थाहा हुने जानकारी दिए । उनले अहिले बिदाको समय परेकाले कानुनी प्रक्रियालाई समयमा नै सम्पन्न गर्न समय लागिरहेको बताए ।उनका भिनाजु ढकालले यहाँको कानुनी प्रक्रिया सकिएपछि उनको शवलाई नेपालमा नै लगेर दाहसँस्कार गरिने बताए । राजदुत ढकालले पनि मृतकका परिवारको चाहना अनुसार शवलाई नेपाल लैजानका लागि दुतावासको तर्फबाट गर्न सकिने सबै सहयोग गरिने जानकारी दिए ।