BICITRA KHABAR

BICITRA KHABAR

ग्यास लिक भएर आगलागी, बाबु–छोराको मृत्यु

१३ पुस, काठमाडौं । सप्तरीमा भएको आगलागीमा परि दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति धरमपुर ४ का नागेश्वर साहको घरमा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी भएको हो ।आगलागीमा परि ६० वर्षीय नागेश्वर र उनका छोरा १८ वर्षीय खेलानन्दको मृत्यु भएको छ । आगलागीबाट साहको घर, किराना पसलसमेत गरी ३० लाखभन्दा बढीको क्षति भएको छ । आगो प्रहरी, सशस्त्र, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More