BICITRA KHABAR

BICITRA KHABAR

सामुसुङले ल्यायो ११० इन्चको टेलिभिजन,मुल्य डेढ करोड (तस्विर सहित)

चर्चित कम्पनी सामसुङले ११० इन्चको एचडी टेलिभिजन सार्वजनिक गरेको छ। दक्षिण कोरियामा यसको मुल्य करिब डेढ करोड छ । यो टेलिभिजन चीन सहित मुध्यपुर्वका देश र युरोपमा छिट्टै उपलब्ध गराइने सामसुङले जनाएको छ । यसको मुल्य देश अनुसार फरक फरक राखिनेछ । सामसुङको यो टेलिभिजन सार्वजनिकसंगै ठुला टेलिभिजन निर्माता कम्पनीहरु अल्ट्रा एचडी टेलिभिजनतिर आकर्षित भएको निष्कर्ष निकालिएको छ। एक वर्ष अघि सम्म सामसुङ र एलजी ओएलइडी स्क्रिनलाई भविष्य मान्दै थिए तर ओएलईडी प्रविधी निकै महंगो पर्ने भएपछि दुबै कम्पनी अल्ट्रा एचडी टेलिभिजनतिर लागेका छन्। ओएलईडी स्क्रिन निकै पातलो हुन्छ भने अन्य टेलिभिजनको दाँजोमा ज्यादा स्पष्ट र आकर्षक देखिन्छन् । तर सामसुङ र एलजी दबैले ओएलइडीलाई स्थापित भने गर्न सकेनन्। यसै बिच दुइ जापानी कम्पनी सोनी र पानासोनिक बिच ओएलइडीका लागी भएको साझेदारी पनि तोडिएको छ। अल्ट्रा एचडी टेलिभिजनको माग विस्तारै बढ्ने अनुमान गरिएको छ। समयसंग यसको मुल्य पनि घट्दै जाने सम्भावना छ। यो वर्ष १३ लाख अल्ट्रा टेलिभिजन बिक्री भएकोमा सन २०१७ सम्म यो संख्या बढेर २ करोड ३० लाख सम्म पुग्ने एक अध्ययनले देखाएको छ। सामसुङले ल्याएको नयाँ ११० इन्चको एचडी टेलिभिजन यस्तो छ 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More