१७ पुस, काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको लु १ ख ८२९० नम्बरको बस सल्यानको मोखलामा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी १८ जना घाइते भएका छन् । १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैको सल्यानको श्रीनगरमा रहेको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सडकबाट २ सय मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।