चीनको हेलोनजियाङ प्रान्तको हारबिन इलाकामा अहिले आइस एण्ड स्नो फेस्टिबल मनाउने तयारी भइरहेको छ । यो महोत्सवको विषेशता भनेको बरफले बनेका सुन्दर भवनहरु हुन्, जुन आलिसान भवनहरु जस्तै अग्ला र सुन्दर देखिन्छ ।
अहिले यस्ता भवनहरु बनाउने क्रम चलिरहेको छ । बर्फका घरहरुलाई रंगबिरंगी लाइटको मदतले सजाइन्छ । यस्ता भवनहरु बनाउन १० हजार मजदुर दिनरात काममा खटिएका छन् । बरफका घरहरुलाई चम्काउन पोलिसको प्रयोगसमेत गरिन्छ ।यी अलिशान घरहरु बनाउन शोंगहुआ नदीबाट बरफ ल्याइन्छ । नदीबाट ठूला-ठूला बरफका टुक्रा निकालेर घर बनाउन लगिन्छ ।
अधिकांश मजदुरहरुको प्रयागस २ सय ५० किलो वजनको बरफ निकाल्न हुन्छ ।बीबीसीका अनुसार घर बनाउन करिव १ लाख ८० हजार वर्ग मिटर ठोस बरफ प्रयोग गरिन्छ, जब कि १ लाख ५० हजार वर्गमिटर हिउँको प्रयोग हुन्छ । यो उत्सव ५ जनवरीमा सुरु हुन्छ । नयाँ वर्षको पहिलो साता मनाइने यो उत्सव ३० औं संस्करण हो ।