BICITRA KHABAR

BICITRA KHABAR

बाजुराका मोहनी लगाउने तालहरु संकटमा

लक्ष्मीराज पाध्याय १३ पुस, बाजुरा । बाजुरामा रहेका धार्मिक र पर्यटकीय महत्वका बुढीनन्दासहितका आधा दर्जनबढी तालको अस्तित्व खतरामा परेको छ । पर्यटकलाई मोहनी लाउने ती तालको संरक्षण र प्रचारमा कसैको ध्यान नपुगेपछि जिल्लामा रहेका सुन्दरताका खानीहरुको अस्तित्व खतरामा परेको हो ।जिल्लाका छेडेदह, बुढीनन्दा, त्रिवेणी लगायतका तालको अस्तित्व संकटमा परेको हो । यी तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । सरकारले  पर्यटन वर्ष मनाउने घोषणा गरिरहँदा बाजुरामा भने पर्यटकीय महत्वका तालहरुको संरक्षणमा भने कुनै चासो दिएको छैन ।संरक्षण अभावमा तालहरुमा जंगली झार र बुट्ययनले ढाक्दै गएको छ । घरेलु चौपाया र जंगली जनावरले फोहोर गर्दा कोल्टी गाविसमा रहेको जिल्लाकै ठूलो बुढीनन्दा तालको सौन्दर्य घट्दै गएको छ ।

जिल्लालाई राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय श्रोतको प्रयोग जरुरी भएपनि बाजुरामा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश छन् । जिल्लाका यी तालहरु अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बासस्थानमात्र भएका छन् । त्रिवीणी, छेडेदह र बुढीनन्दा तालले प्राकृतिक स्वरुप गुमाउँदै गएपछि चराचुरुङ्गीको वासस्थान पनि संकट परेको छ ।जिल्लाका तालहरुको संरक्षणका लागि उद्योग वाणिज्य संघले पनि कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् । सुदुरपश्चिमकै चर्चित ताल बुढीनन्दा पनि सरकारी निकायको बेवास्ताले यो तालको पहिचान नै संकटमा परेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More