BICITRA KHABAR

BICITRA KHABAR

भारतको केरलामा पशुझैँ बेचिन्छन् नेपाली युवा

११ पुस, वीरगञ्ज । भारतको केरलामा नेपाली श्रमिकहरु पशुझै बिक्री हुने गरेको रहस्य खुलेको छ । मंसिरको दोस्रो साता अपहरणमा परेका भनिएका जिल्लाको सर्वणपुर र निर्मलबस्तीका युवाहरुको भनाइलाई आधार मान्ने हो भने केरलामा नेपाली श्रमिकहरुको खरिदबिक्री हुने गर्दछ ।विभिन्न बहानामा केरलामा नेपाली मजदुरलाई पुर्‍याएपछि मानव तस्करसँग त्यहाँका समान्तहरुले नेपाली श्रमिकहरुलाई किन्ने गरेको पाइएको हो ।रोजगारीका सिलसिलामा केरला पुगेका पर्साको निर्मलबस्ती र सुवर्णपुरका ८ जना युवाहरु घर फर्किएर आएपछि उनीहरुले यस्तो जानकारी दिएका छन् ।उनीहरु अपहरणमा परेको भनिए पनि वास्तवमा उनीहरु बेचिएका थिए । एउटा मानव तस्करले केरलाका जमिनदारलाई आफूहरुलाई बिक्री गरेको कुरा खेलेपछि आफूहरु भागेर घर फर्किएको निर्मलबस्ती गाविस ९ का पूर्णबहादुर आचार्यले बताएको नेपाल समाचारपत्रमा खबर छ । उनका अनुसार केरलामा ती जमिनदारले तस्करसँग एक व्यक्ति बराबर १ लाख रुपैयाँदेखि डेढलाखसम्म दिएर नेपाली श्रमिकलाई किन्ने गरेका छन् ।झोलामा पैसा राखेपछि आफूहरुले आफ्नै बिक्री भएको थाहा पाएको र त्यसपछि बसमा जाँदै गर्दा बीच बाटोबाट भारतीय प्रहरीको सहयोगमा आफूहरु भागेर घर फर्किएको अर्का युवक नारायण वाइवाले बताए । उनीहरुसँग गएका गुल्मीका कृष्णबहादुर र निर्मलबस्तीकै बमबहादुर श्रेष्ठ भने अझै केरलामा छन् । उनीहरु बिक्री भइसकेका छन् । त्यहाँ पुगेका नेपालीले कडा शारीरिक परिश्रम गर्नुपर्दछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More