BICITRA KHABAR

BICITRA KHABAR

प्रचण्डले भने, जनताले र प्रतिगामीले हामीलाई दनक दिएकै हुन्

उनले पार्टीको कार्यदीशा सही नै रहेको तर सरकारमा जाने गल्ती अहिले गर्नु नहुने बताए। उनले भने, 'गम्भीर भएर गल्ती सच्याउँदै अब अगाडि बढ्नुपर्छ।'स्रोतका अनुसार एमाओवादीका अर्का नेता बाबुराम भट्टराईले आफ्नो सरकार छोडेर गम्भीर भूल गरेको बताए। उनले भने, 'अब अध्यक्षकै नेतृत्वमा पार्टी अगाडि बढाउनुपर्छ। तर, पार्टीलाई रुपान्तरित गरेर अगाडि बढ्नुपर्छ।'

एमाओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठले धेरैथोरै धाँधली सबै चुनावमा हुन्छ तर कतिसम्म धाँधली भन्ने कुरा हो भन्दै जाँचबुझ हुनुपर्छ भन्ने हामा माग यथावत रहेको बताए। तर, उनले हारको प्रमुख कारण आन्तरिक नै रहेकामा जोड दिए। उनले भने, 'एक वर्षभित्र संविधान बनाउन सकिन्छ र प्राप्त उपलब्धिहरुको रक्षा गर्न सकिन्छ। अब पार्टीलाई माथिबाटै रुपान्तरित गर्दै पुनर्गठन गर्नुपर्छ। मैले उठाएको राष्ट्रियताको कुरा जायज थियो भन्ने प्रमाणित भयो।'प्रचण्डले भने, जनताले र प्रतिगामीले हामीलाई दनक दिएकै हुन्
उनले संघीयताको समीक्षा र परिवर्तन हुनुपर्ने बताए। समानुपातिक सूची तयार गर्न एमाओवादीले पुस १४ गते केन्द्रीय समिति बैठक बोलाउँदै छ। 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More