BICITRA KHABAR

BICITRA KHABAR

यस्तो छ चितवनको यौनकर्मी को अवस्था

यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो । यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् उनीहरु कसरि गर्दछन् यौन धन्दा तलको बक्स मा  को अवस्था 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More