BICITRA KHABAR

BICITRA KHABAR

भारतीय सभासद् जसका छन् ६० श्रीमति ' केटी भेट्यो कि त विवाह गरिहाल्छन् यिनी

(एजेन्सी) भारतको झारखंडमा एक जना यस्ता आदीवासीका नेता छन् । जसका ६० जना श्रीमति रहेका छन् । यो छ रेकर्ड गरिएका मात्र भए, अरु कति बिवाह गरे त्यसको कुनै उत्तोपत्तो छैन् । उनी बिभिन्न बेला सरकारको ५ पटकसम्म सांसद भए छन् । राजनीतिमा रहदा र पछि जता जता केटी भेटिइन तिनीहरुसँग बिवाह गर्दै हिड्ने यी राजनेताका अर्को बिषेशता भनेको कपडाको नाममा शरिरको तल्लो भागमा धोती मात्र लगाउने गर्छन् । उनका नजिक छिमेकी अनुसार उनले शरिरको माथिल्लो भागमा जीवनमा कहिल्यै कपडा लगाएका छैनन् ।यस्ता बिषेशताः भएका भारतका राजनेता को होलान् भनेर हाम्रा पाठक लाई अचम्म लाग्न सक्छ । उनको नाम हो बागुन सुब्रइ । सन् १९२४ फेरवरी २४ मा झारखंडको कोल्हान इलाकामा आदीवासी परिवारमा उनको जन्म भएको थियो । उनी युवा अवस्थामा नै राजनीति गर्न लागेका हुन् । पाँच पटकसम्म सांसद भएका यीनीले सरकार मंत्री बिभिन्न सरकारी समितिका प्रमुख पनि भैसकेका छन् । अहिले ६० जना श्रीमतिका श्रीमान रहेका बागुन सुब्रइको कति विवाह गरे भनेर पाठकलाई जिज्ञासा होला उनी कति बिवाह भए भनेर सोध्यो भने त्यसको कुनै रेकर्ड छैन् । उनी भन्छन् “ कयौं गरेका बिवाह त भुलिसके ।”

बागुनले सबैभन्दा पहिला एउटा केटीसँग बिवाह गर्ने इच्छा जाहेर गरे ती केटी २ जना अरु साथीसँग पनि बिवाह गर्नुपर्ने केटी पक्षको सर्त थियो । त्यो सर्त स्वीकार गरेर बागुनले ३ जना केटीसँग एकै चोटी विवाह गरे । त्यसपछि उनको बानी नै बिवाह गर्ने बस्यो । सन १९४२ मा बागुनले एउटा जमिनको विवाद मिलाउनको लागी बिवाह गरेका थिए । उनले त्यसै सालबाट शरिरको माथिल्लो भागमा कपडा लगाउन छोडेका थिए ।बागुन १९७७ मा पहिलो पटक सांसद बनेका हुन् । पटक पटक गरेर लगातार उनी १९९१ सम्म ५ पटक सांसद बने । यति बिवाह गर्ने नेताहरुलाई पत्रकार वा छिमेकी कसैले सोध्यो भने उनी भन्छन “भगवान कृण्ण मेरा आर्दश हुन् । कृण्णले १६ हजार बिवाह गरेका थिए मेरा त अझै कम छन । ” बिवाह गर्नुको कारण बारे बागुन भन्छन “म निराश कसैलाई बनाउन चाहदैन् किनकी म जसलाई भेट्छु उसँग विवाह गरिहाल्छु । ” उनीसँग बिवाह गर्ने कयौं महिला आदीवासी महिला राजनीतिमा उनीसँग बिवाह गरेका हुन् । उनीसँग विवाह गरेका कुनै पनि श्रीमति राजनीतिमा आएका छैनन्् ।

उनको सबैभन्दा कान्छी श्रीमति अनिता सुब्रइ हुन । अनिता र बागुनकी छोरी एउटै कक्षामा पढ्छन् । अनिताको माइती पक्षले बागुनसँग बिवाह नगर्न भनेका थिए । तर, पेशाले शिक्षक रहेकी उनी उनले परिवारको आदेश नमानेर बागुनसँग बिवाह गरेकी हुन् । रोचक कुरा के छ , ती सबै ६० जना श्रीमतिहरु म मात्र बागुनको श्रीमति हुँ भन्छन् ।भारतीय सभासद् जसका छन् ६० श्रीमति ' केटी भेट्यो कि त विवाह गरिहाल्छन् यिनी 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More