BICITRA KHABAR

BICITRA KHABAR

९ पोका नुन किन्न ३ हजार खर्च

बाजुरा, पुस १३ – बाजुरा विछ्याँका जनक थापा घरबाट हिडेको ५ औं दिनमा नुन लिने लाइन बस्न साल्ट ट्रेडिङ कर्पोरेशनको कोल्टी डिपोमा आइपुग्नुभयो ।‘हिन्दा हिन्दा खुट्टा दुखिसके, आज लाइनमा बसेको छु, ९ पोका मात्र नुन दिन्छ रे, त्यसले त पैचो मागेको तिर्न पनि पुग्दैन ।’ उहाँले भन्नुभयो ।उहाँजस्तै बाजुराका बिभिन्न ११ गाविसका वासिन्दा नुन खोज्दै डिपोमा लाइन लाग्न आउँछन् । सय रुपैयाँको नुन लिन ३ हजार रुपैयाँ खर्च गरेर एक हप्ता हिँडेर आउनुपरेको उनीहरु बताउँछन् । बिछ्याबाटै आएका मनबहादुर थापा भन्नुहुन्छ ‘एक पोका नुनको नौ रुपैयाँ पर्छ, नौ पोकाको ९९ रुपैयाँ हुन्छ, त्यति नुन लिन आउँदा ३ हजार रुपैयाँ सकिन्छ ।’

नुन लिन आउनेहरु एक हप्तासम्म हिडेर आउनुपर्छ । बिछ्या ५ का बिर्खबहादुर भण्डारीले ४० कोस हिडेर नुन लिन आएको बताउनुभयो । ‘त्यति टाढाबाट आएपनि कोल्टीमा एक रात नबसी नुन पाइदैन, भोटबाट आएको नुन खानुको विकल्प छैन’ उहाँले भन्नुभयो । कोल्टी डिपोले हरेक गाविसका वासिन्दालाई पालैपालो गरेर नुन वितरण गर्दै आएको छ । यसो गर्दा एउटा गाविसको पालो एक महिनामा एक पटकभन्दा बढी आउँदैन । कोटिलाका मनलाल बिक भन्नुहुन्छ ‘महिनामा एक दिन एउटा गाविसको पालो हुन्छ, त्यो दिन पाएनौं भने अर्को दिन फेरि पाइदैन ।’साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोमा ९ रुपैयाँमा पाइने नुन बजारका अरु पसलमा किन्दा ४० रुपैयाँ पर्छ । सरकारले ढुवानी अनुदान दिएकाले डिपोमा नुन सस्तो पाइएको हो ।

डिपोका कर्मचारी दलबहादुर खड्काका अनुसार यसवर्ष कोल्टीमा २३ हजार क्वीन्टल नुनको कोटा तोकिएको छ । तर अहिलेसम्म ४ सय ६० क्वीन्टल बिक्री भएको छ भने ६० क्वीन्टलमात्र मौज्दात छ ।यातायातको समस्याका कारण कोल्टीमा नुन समयमा नपुग्दा स्थानीय वासिन्दाले नुन नै नपाउने अवस्था छ । अब छिटै नुन नआउने हो भने केही निमा नै सकिने खड्काले बताउनुभयो ।
९ पोका नुन किन्न ३ हजार खर्च 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More