BICITRA KHABAR

BICITRA KHABAR

मुर्सी आतंकवादी घोषित, दक्षिण सुडानमा जातीय हिंसा नेपालमा चर्चा भइरहने इजिप्ट र दक्षिण सुडान संकटमा फसे

११ पुस, काठमाडौं । निर्वाचनमा बहुमत हासिल गरेको इजिप्ट (मिश्र) को मुस्लिम ब्रदरहुड पार्टीलाई त्यहाँको न्यायाधीश सम्मिलित सैनिक सरकारले आतंकवादी संगठन घोषणा गरेको छ । ब्रदरहुडलाई आतंकवादी घोषणा गरिएपछि पूर्वराष्ट्रपति मोहम्मद मुर्सी आतंवादका नाइके घोषित भएका छन् ।अघिल्लो वर्ष निर्वाचन जितेका राष्ट्रपति मुर्सीलाई सेनाले बलपूर्वक हटाएपछि उहाँको दल ब्रदर हुडलाई यसअघि नै प्रतिबन्ध लगाइसकिएको भए पनि आतंकवादी घोषणा गरिएको थिएन । आतंकवादी घोषणा गरिएसँगै ब्रदरहुडका धेरै नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेका छन् ।

मंगलबार मन्सुरास्थित प्रहरी हेडक्वार्टरमा १६ जनाको मृत्यु र १ सय जना घाइते हुने गरी बम विस्फोट भएपछि इजिप्ट सरकारले मुर्सीको पार्टीलाई आतंकवादी घोषणा गरेको हो । यद्यपि ब्रदरहुडले यो बम काण्डमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । तर, सैनिक ‘कु’ पछि मसुर्सीको पार्टीले देशैभरि संघर्ष जारी राख्दै आएको छ ।मुस्लिम ब्रदरहुड इजिप्टको धेरै पुरानो पार्टी हो । यो पार्टीलाई सन् १९५४ मा पनि प्रतिवन्ध लगाइएको थियो । सन् २०११ मा होस्नी मुबारहकको निरकंुश सत्ता ढलेपछि मुस्लिम ब्रदरहुड पुनः शक्तिमा आएको हो । निर्वाचन जितेर राष्ट्रपति बनेपछि मुर्सीले संविधान जारी गरे पनि विपक्षीले त्यसको विरोध गरेका थिए । गत जुलाइमा सेनाले मुर्सीलाई अपदस्त गरेपछि इजिप्टको संकट गहिरिएको हो । सेनाले सत्ता हातमा लिएपछि नेपालमा रेग्मी सरकार गठन भएजस्तै प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइएको थियो ।

दक्षिणी सुडानमा जातीय द्वन्द्व सुडानबाट सान् २०११ मा अलग भएर बनेको कान्छो देश दक्षिणी सुडानमा फरक जातिका राष्ट्रपति र उपराष्ट्रपतिको द्वन्द्वले जातीय हिंसाको रुप लिएको छ । यो हिंसाको चपेडामा परी शान्ति सेनामा खटिएका ३ जना भारतीय सैनिकको ज्यान गइसकेको छ भने ४ जना नेपाली सैनिकसमेत घाइत भइसकेका छन् ।

राष्ट्रपति साल्वा कीर र उपराष्ट्रपति रायक माचरवीचको द्वन्द्व जातीय हिंसामा परिणत भएको हो । सत्तापलट गर्न खोजेको अभियोगमा राष्ट्रपतिले उपराष्ट्रपतिलाई पदच्युत गरेपछि चर्किएको यो झगडाका कारण दक्षिणी सुडान यतिबेला गृहयुद्धको अवस्थामा पुगेको छ ।यसैवीच संयुक्त राष्ट्रसंघले दक्षिणी सुडानमा शान्ति सैनिक थप्ने निर्णय गरेको छ । यसक्रममा नेपाली थप नेपाली सेनासमेत परिचालन गरिनुपर्ने राष्ट्रसंघका महासचिव वान कि मुनले सोमबार नेपाल सरकारसँग आग्रह गर्नुभएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More