BICITRA KHABAR

BICITRA KHABAR

अब स्मार्टफोनबाटै चेक डिपोजिट, बैंक धाइरहनु नपर्ने

बेलायतमा आफ्नो एकाउन्टमा चेक जम्मा गर्न अब बैंक गइरहनु नपर्ने भएको छ ।त्यहाँको केन्द्रीय बैंकले ग्राहकले स्मार्टफोनको माध्यमबाट आफ्नो अकाउन्टमा चेक जम्मा गर्ने अनुमति दिने घोषणा भएको छ । यसका लागि ग्राहकले चेकको तस्वीर खिचेर स्मार्टफोनको माध्यमबाट बैंकलाई पठाउनु पर्ने हुन्छ । यसरी पठाएको तस्वीर फोनमा भने सेभ हुँदैन, जसले फोन चोरी हुँदा पनि कुनै खतरा रहने छैन ।यसका लागि कानून परिर्वतन गर्न सरकारले परामर्श सुरु गरिसकेको छ । यो प्रविधिबाट दुई दिनमा चेक क्लियर हुनेछ । अहिले आषैत ६ दिन लाग्ने गरेको छ । बार्कलेका मुख्य कार्यकारी एन्टोनी जेनकिंसले नयाँ तरिका सुरक्षित भएको बताएका छन् ।बार्कलेको योजना अनुसार अप्रिल २०१४ मा फोनको माध्यमबाट चेक जम्मा गर्नका लागि एक पाइलट प्रोग्राम सुरु हुनेछ, त्यसपछि सबै ग्राहकका लागि यो सेवा सुरु हुनेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More