BICITRA KHABAR

BICITRA KHABAR

अबका प्रधानमन्त्री सुशील कोइराला : बडू

१२ पुस, काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र बडूले अब बन्ने सहमतीय सरकारको नेतृत्व पार्टी सभापति सुशील कोइरालाले गर्ने दावी गर्नु भएको छ । उहाँले सभापति कोइरालालाई सरकारको नेतृत्व दिने विषयमा पार्टीभित्र विवाद नरहेको समेत स्पष्ट पार्नु भयो । dilendra-baduशुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,’सभापतिकै नेतृत्वमा काँग्रेस ठूलो पार्टी बन्यो । जनताले पनि सभापतिप्रति विश्वास देखाएका छन् । त्यसैले सरकारको नेतृत्वको विषयमा पार्टी भित्र विवाद छैन । ‘बडुले काँग्रेसको हाराहारीमा जनमत पाएको दोस्रो ठूलो दल एमाले र शान्ति प्रक्रियाको एक पक्ष एमाओवादीलाई बाहिर राखेर सरकार निर्माण गर्ने कुरा काँग्रेसले नसोचेको वताउनुभयो । उहाँले काँग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने प्रस्तातसहितको वार्ता समेत अघि बढाईसकेको जानकारी दिनुभयो । उहाँले काँग्रेसको प्राथमिकता १ वर्षभित्रमा संविधान निर्माण भएकोले सहमतिको सरकार निर्माण गरेर संविधान निर्माणलाई समेत सहज बनाउने भएकोले काँग्रेस अहिले सहमतिकै सरकारको पक्षमा रहेको स्पष्ट पार्नु भयो ।

नेकपा एमालेका नेता भीम रावलले महत्वपूर्ण निकायहरु राष्ट्रपति उपराष्ट्रपति, सरकार, सभामुख र उपसभामुखको बाडफाड संविधान निर्माणको कार्यलाई सघाउने गरी सहमतिमा गर्नु पर्ने बताउनुभयो । एमालेले ठूलो दलको हैसियतले काँग्रेसलाई सरकारको नेतृत्वको प्रस्ताव गरिसकेकोले अब सहमतिको लागि प्रस्ताव सहित काँग्रेसले पहल थाल्नु पर्ने भन्दै उहाँले कुनै पनि दलको बहुमत नआएको अवस्थामा नेपाली जनताको जनादेश अनुसार सहमतिको सरकार निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो,’कम्तिमा पनि संविधान निर्माण नहुँदा सम्म सहमतिको सरकार बनाउनु पर्ने पक्षमा एमाले छ । काँग्रेस र एमालेवीच पनि यस विषयमा ३ बुँदे सहमति भईसकेको छ । एकीकृत माओवादी पनि सरकारमा आउनु पर्छ । ‘नेकपा मालेका महासचिव सीपी मैनालीले १ वर्षभित्र संविधान निर्माण गर्न सहमतिको सरकार निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बाहिर राखेर काँग्रेसले सरकार बनाए मुलुकका लागि दुर्भाग्य पूर्ण हुने चेतावनी दिनुभयो । उहाँले संविधान निर्माणका लागि काँग्रेस र एमालेले मिलेर अरु दललाई पनि अधिकतम सरकारमा ल्याउने गरी प्रयत्न गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More