BICITRA KHABAR

BICITRA KHABAR

आफ्नै छोराले चिरपटले हानेर आमाको हत्या परेपछि

सर्लाही, पुस १३ - दाउराको चिरपटले हानेर सर्लाहीको हजारीय गाविस-७ मा हिजोराति छोराले आमाको हत्या गरेका छन् । ४८ बर्षीया कौशिला देवी महतोलाई उनका छोरा २९ बर्षीय रामकैलाशले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । आमाको हत्या गरि फरार भएका रामकैलाशलाई आज विहान भाग्दै गर्दा अर्काे गाउँ मानपुरवाट प्रहरीले पक्राउ गरेको हो ।दैनिक मदिरा सेवन गरेर झै झगडा गर्ने रामकैलाशलाई आमाले त्यसो नगर्न भन्दा उनले मुक्का र दाउराले हानेको प्रहरीले जनायो । कुटपिट भएपछि रामकैशालका छोराछोरी रोइकराई गरेको सुनेर गाउँले पुग्दा उनको मृत्यु भइसकेको थियो ।
चिरपटले हानेर आमाको हत्या गरे रामकैलाशले

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More