BICITRA KHABAR

BICITRA KHABAR

“मलेसियाको नेपालीदुताबासलाई पत्र “

म आज भन्दा १२ साल पहिला यो प्रदेसी भुमिमा मलेसिया आएको  हो l त्यति बेला  न यो नेपाली दुताबास नै थियो नत अरु संघसंस्था नै  थिए । त्यसबेला नेपालिहरुलाई बाच्न गाह्रो थिएन नत कुनै दु:ख थियो तर अहिले  दुताबास छ  संघसंस्था छ्न् र पनि नेपालीहरुलाई जिवनमा कहिले पनि नपरेको दु:ख हरु ब्यहोर्नु परेको छ ।५ महिनामा मलेसियाबाट १९० जानाको लास नेपाल पुगिसक्यो । अज अबैधानिक नेपालिहरुको अवस्था के होला एकपटक नेपाली दुताबासले नेपालिहरुको बारेमा सोच्नु जरुरि  छ ।

दिनमा १०० पटक फोन गर्दा समेत फोन रिसिभ हुँदैन राहदानीको अवधि सकिएको ३ महिना सम्म पनि नयाँ राहादानी पाईदैन यो समस्याले गर्दा कतिपय अवधि  सकिएका हरुलाई आएको ६ महिनामा मलेसियाको कम्पनिले नेपाल फिर्तापठाएको घटना छ्न् ।समस्या परेको बेलामा फोन गर्दा फोन समेत नउठाउने  दुताबासले के नेपालिको दु:ख बुझ्ला ? के पीडितले न्याय पाउलान ? के मलेसियामा अबैधानिक नेपालीहरु नेपाल जान पाउलान ? के अब मलेसियाको नेपालिले दुताबस बाट चाहेको बेलामा सहयोग पाउलान ? मलेसियामा मा कार्यरत -पूर्ण रोका को सुनौलोनेपाल.कम लाई प्राप्त पत्र

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More