BICITRA KHABAR

BICITRA KHABAR

क्रिशमशको दिन आफ्नै छोरीको हत्या गर्ने आमालाई प्रहरीले लग्यो हिरासत

पुस १५ – पोर्चुगलको एरिजमा क्रिशमश दिवसका दिन आफ्नै १३ वर्षिया छोरीको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।समाचार अनुसार एरिज बस्ने कोनी भिल्लाले आफ्नो चार सन्तान र पुर्व–पती एडम भिल्लालाई डिसेम्बर २५ तारिखका दिन हत्याको प्रयास गरेकी थिइन् । हत्या प्रयासको पहिलो शिकार छोरी एनिरायल मासियस परिन् जसको शव मृत अवस्थामा घरको अपार्टमेन्ट बाथरुममा पाइएको थियो । प्रहरीका अनुसार भिल्लाले आफ्नो पूर्व–पतीलाई क्रिशमशका दिन घर बोलाएकी थिइन् जसले गर्दा उनी उसलाई मार्ने तयारीमा थिइन् । पती आएपछि उनले हत्याको प्रयास गरिन् तर पती उम्कन सफल भए । जब प्रहरी भिल्लाको अपार्टमेन्टमा पुग्यो त्यतीबेला भिल्ला हातमा छुरा बोकेको अवस्थामा थिइन् । भिल्लाका ३, ५ र ८ वर्षका स–साना तीन सन्तानलाई प्रहरीले सकुशल पाएको थियो भने मृत अवस्थामा भेटिएकी अकी छोरीको पनि बाह्य रुपमा केही चोट देखिदैन् । उनलाई ड्रग्स खुवाएर मारेको हुनसक्ने आशंका गरिएको प्रहरीको अनुसन्धानले जनाएको छ ।एडम र कोन्नी भिल्ला दुवैलाई प्रहरीले बेग्लाबेग्लै अस्पतालमा जाँच गराइएको थियो । त्यसपछि अहिले प्रहरीले हत्याको आरोपी कोन्नीलाई हिरासतमा राखेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More