
महिला कामदार चाहियो भन्दै निकालिएको विज्ञापनमा ‘साँझपख मानिसहरुसँग बाहिर जाने र यौन सम्वन्ध समेत राख्न सक्ने’ भनिएको छ । कामका लागि योज्ञतामा ‘नो एक्पिरियन्स’ अर्थात अनुभज नभएको तर, सेक्स गर्न चाहने भनिएको छ । व्याकरणका आधारमा केही अशुद्ध रहेको विज्ञापनमा युवती एकल र आफ्नै स्थानमा काम गर्न सक्ने भए राम्रो हुने भन्दै फोन हुनु पर्ने सर्त राखिएको छ । यो विज्ञापन कम्पनीका हाकिम स्वयंमले पोष्ट गरेको डेलिमेलले जनाएको छ । उनले भनेका छन्–‘यो जब साइट हो र मैले यो किन राखेँ भने यो पनि काम हो । तर, उनीहरुले त्यसलाई प्रकाशित गरेकोमा म स्तब्ध छु ।’ डेभलोपमेन्ट अफ वर्क एण्ड पेन्सनका प्रवक्ताले भने यस्तो प्रकाशित हुनु गम्भीर गल्ती भएको स्वीकारेका छन् ।