BICITRA KHABAR

BICITRA KHABAR

फुजेलकाण्डमा आरोपी जानुका भन्छिन्- हाम्रो हत्या भयो 'चिहान खोतलेर हामी निर्दोषमाथि किन प्रहार ?'

जानुका पौडेल
अहिले गोरखाको फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्यामा पुष्पराज पौडेललाई पक्राउ गरिएको छ । केही समय पहिला रामप्रसाद अधिकारीलाई पक्राउ गरियो । र, म जानुका पौडेलसहित ८ जनाको संलग्नता भन्दै नुरप्रसाद अधिकारीले प्रचार अभियान चलाएका छन् । वास्तवमा उक्त घटनामा के भएको हो ? र, कसरी एकोहोरो प्रचार भइरहेको छ ? म यो रामकहानी भन्दैछु-वास्तवमा पर्दापछाडिका केही पात्रको उक्साहटमा नुरप्रसाद भाइ कृष्णप्रसादको हत्याका आरोपीलाई कारबाही नभएको भन्दै अनसनदेखि पत्रकार सम्मेलनसम्म गरिरहेका छन् । कृष्णप्रसाद अधिकारीको हत्यालगत्तै तत्कालीन नेकपा (माओवादी)को जिल्ला पार्टी कार्यालय चितवनले हत्याको जिम्मेवारी लिएको थियो । र, अधिकारी परिवारद्वारा अहिले आरोपित ८ परिवार घटनामा संलग्न नरहेको चितवन जिल्ला पार्टीले बताइसकेको छ ।

घटना २०६१ सालमा भएको तर २०६४ सालसम्म गाउमा राम्रैसंग बसिरहेका थिए । गाउलेसँगको सम्बन्ध पनि सुमधुर नै थियो । तर,जब बिजुली लाइन विस्तार गर्न अधिकारी परिवारले अवरोध गरे, त्यसपछि अधिकारी परिवारसँग गाउँलेको सम्बन्ध सुमधुर हुन नसकेको हो । ४३ घरपरिवारले सुरु गरेको बिजुली लाइन विस्तार अभिवानविरुद्ध अधिकारी परिवार खनिएका थिए । यो विवाद जिल्लासम्मै पुगेको हो । त्यही घटनापछि हो, नुरप्रसादको परिवारले गाउँ छोडेको ।

मानसिक यातना
अधिकारी परिवारले हामीलाई निरन्तर मानसिक यातना दिइरहेका छन् । भौतिक कारबाहीको प्रयास भएको छ । बच्चा अपहरणको धम्की आइरहेको छ । यसले समग्र जीवनमा पारेको क्षतिको मूल्य कसरी मूल्यांकन हुन सक्छ ? अधिकारी परिवारले गाउँ छोड्ने प्रमुख कारण कृष्णको हत्याभन्दा पनि ०६४ सालमा गाउँमा बिजुलीको लाईन बिस्तार गर्ने क्रममा अधिकारीले नै अवरोध गरेपछि भएको हो । अधिकारीले बारीमा पोल गाड्न नदिएको र सीमानामा गाड्दा लाइन छोएको रुखका ३ वटा हाँगा काटेको रीसले नुरप्रसादका बाआमाले गाडिसकेका काठको पोल काटिदिएका थिए । विकास निर्माणमा अवरोध सिर्जना गरेका कारण उनीहरुप्रति गाउँले सकारात्मक थिएनन् । त्यहीबेला अधिकारी परिवार घरमा ताला लगाई गाउँलेलाई पत्तै नदिई जिल्ला प्रहरी कार्यालय .गोरखा गएर स्थानीय ३ जना किसानविरुद्ध मुद्दा दायर गरे ।मुद्दाको छलफलका लागि सामुहिक कामका लागि काटिएका रुखको हागाँको निहँुंमा तीनजना मात्र होइन, दोषी नभएको गाउँलेको भनाइ थियो । र, त्यही कारणले ४३ परिवारले प्रतिवाद गरेका थिए । जिप्रका मेलमिलाप गर्न सबै गाउँलेहरु तयार भए । तर, नुरप्रसाद र उनका बाबु नमानेर काठमाडौ आएका हुन् । र, अहिलेसम्म गाउँ फर्केका छैनन् ।
अधिकारी परिवारले गाउँ छोडेपछि एक महिनाभन्दा बढी स्थानीय छिमेकीले उनीहरुका १३ वटा गाईभैंसी पालनपोषण गरेका थिए । गाउलेले घाँसपात गर्दा उल्टै धम्क्याउन र जसले घाँसपात गर्छ, उसलाई पनि बाँकी राख्दिँन भनेपछि स्थानीयले बतासे चौकीलाई जानकारी गराई घाँसपात गर्न छोडेका थिए । बतासे प्रहरी चौकीले केही समय घांसपात गरेको थियो । उनीहरुले पनि सक्ने अवस्था नभएपछि गाईभैसी मरेका हुन् । चौकीकै रोहबरमा मरेका गाईवस्तु गाड्ने काम भएको थियो । यस घटनाले पनि अधिकारी परिवारले कृष्णप्रसादको हत्याका कारण भन्दा पनि अरु कारणले नै गाऊँ छोडेको पुष्टि हुन्छ ।

हत्या प्रकरण
फुजेल गाविस वडा नम्बर ६ चमती निवासी नुरप्रसाद र बाबु नन्दप्रसाद अधिकारीले उनीहरुका एकल महिला माइलीआमा र टुहुरा छोरीहरुलाई अंश नदिई चर्को आर्थिक अभावमा पारेपछि स्थानीयले अंश दिलाईदिन पहल गरेका थिए । अंश दिन बाध्य भएपछि गाउँलेप्रति रुष्ट बनेका थिए । त्यही घटनालाई जोडेर उनीहरुले गाउँलेलाई कृष्णको हत्यारा भन्दै प्रचार गर्न थालेका हुन् ।नुरप्रसादले “ए अपराधिनी तँ एक अरब लिएर मेरो बालाई ४ घण्टाभित्र भेट, अन्यथा तलाई भगवानले पनि बचाउन सक्ने छैनन् – नुर अधिकारी ” भनेर एसएमएसबाट म जानुका पौडेलसँग निरन्तर रकम मागिरहेको छ । बच्चा अपहरण गर्ने धम्की पनि दिइरहेका छन् ।०६५ पौष ५ गतेबाट सुरु भएको एमाओवादीको चौथो विस्तारित बैठकको बिहान करिब ८ बजे बालाजु गंगाहलको गल्लीमा नुरप्रसादले म जानुकालाई भौतिक आक्रमण गरेका थिए । जुन कुरा इन्सेक /राष्ट्रिय मानव अधिकार आयोग, काहुराष्ट्रको प्रतिनिधिको रोहवरमा इन्सेक कार्यालयमा जेठ ७ गते नुरप्रसादले स्वयम् बयान दिएका थिए । बद्री पौडेल आफ्नो छोरा स्कुल पुर्याउन जँादा माछापोखरी चोकमा भौतिक आक्रमण गरे । घर छेउछाउ गई पटक पटक हत्याराको सन्तान कति दिन राज गर्लान् र भनी धम्की दिँदै, बद्नाम गर्दै हिँडेका छन् ।

गत बैशाख २९ गते करिब दिनको ३ बजे म जानुकाको नयाँबजारको कोठामा २ जना मान्छे पठाएर छिमेकीसँग “जानुका कहाँ गई ?, छोरा कहाँ छ ? कति बर्षको ? अहिले कहाँ छ ? कति कक्षामा पढ्छ ? स्कुल कुन हो ? गाडीमा जान्छ कि हिँडेर ? कुन बाटो, कोसँग कति बजे जान्छ ….?” भन्दै सोधपुछ गरेको थियो ।
अहिले छोरा मरेको शोक भएर पनि गोरखा फुजेल घरमा बसेर ४ बर्षसम्म खेतीपाती गर्दै बसेका बा आमालाई उक्साएर, प्रलोभन दिएर सामाजिक काममा अवरोध गर्न लगाई निश्चित स्वार्थ पूरा गर्ने उद्देश्यले नुरप्रसादले बाआमालाई अनसन बस्न बाध्य पारेका छन् । सार्वजनिक बेइज्जती गर्ने, झुटा मुद्दा दिने, अपहरण गर्ने प्रयास गर्ने, अरबौंको फिरौती माग्ने, हत्या गर्न ठाडो धम्की दिने , हत्या गर्न नांगो छुरी लिएर खोज्दै हिँड्ने, विकास निर्माणमा अवरोध गर्दै आफै घर छाडेर हिँड्ने र झुटा डकुमेण्ट बनाएर अन्तराष्ट्रियकरण गर्ने दुश्प्रास गरिरहेका छन् । यसले हाम्रो सार्वजनिक जीवनमा आघात र मानअधिकारको समेत हनन भएको छ । यो सबको क्षतिपूर्ति चाँहि कसले दिन्छ ? लहड, आक्रोश, रिसिइवी, आवेग र उक्साहटका भरमा निर्दोष व्यक्ति हत्यारा भइदिनुपर्ने हो ? घटनामा संलग्न नभएका व्यक्तिलाई यसरी दिने मानसिक यातना,भौतिक आक्रमण गर्दा हाम्रो मानवअधिकारीको हनन भएको ठहर्छ कि ठहर्दैन ?

२०६१ जेठ २४ गते चितवनमा हत्या गरिएको भनिएका कृष्णप्रसाद अधिकारीसँग सम्बन्ध नभएको मलगायत केही व्यक्तिलाई दोषी किटान गर्ने काम भइरहेको छ । यसले हाम्रो समाजिक जीवनमा गम्भीर आघात बनाएको छ । चोट लागेको छ । वास्तवमा अहिले हत्या प्रकरणमा नाम लिइएका ८ जना व्यक्ति घटना अवधिमा चितवन जिल्लामै थिएनन् । कोही घरगृहस्थी चलाइरहेका थिए । कोही पार्टीमा संलग्न भए पनि उनीहरुको कार्यक्षेत्र चितवन थिएन ।

घटनामा दोषीका रुपमा अधिकारी परिवारले प्रचार गरिएकी म त्यतिबेला पार्टीबाट सुत्केरी विदामा बसेकी थिएँ । तर, घटनामा संलग्न नभएकी मलाई दोषी भन्दै निरन्तर प्रचार गरिएको छ । किन र केका लागि अधिकारी परिवारले यसरी निरन्तर सार्वजनिक जीवन ध्वस्त बनाउने कार्यमा संलग्न छन् ? तथ्यसहित सार्वजनिक हुन जरुरी छ । स्वभावैले कसैको हत्यामा कोही खुसी हुन सक्दैन र हत्या जायज ठान्दैन ।
युद्धका बेलामा केही निर्दोष, निरापराध व्यक्तिहरुको हत्या नै नभएको होला भनेर दाबी त गर्न सकिँदैन । व्यक्तिगत रिसइवी या कुनै कारणले निर्दोष व्यक्तिलाई कसैको हत्यारा किटानी गर्नु पनि हत्या सो सरहको अपराध हो । यसरी गरिने गलत प्रचार पनि नैतिक र मानसिकरुपमा गरिएको हत्या नै हो । अधिकारी परिवारले हाम्रो जीवन र चरित्रलाई पटकपटक यसरी नै हत्या गरिरहेका छन् । भौतिक मृत्युसंग तुलना हुन नसक्ने गरी हाम्रो सार्वजनिक जीवनको हत्या भइरहेको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।
के त्यसो भए, निहीत स्वार्थ र उक्साहटमा काठमाडौमा उठ्ने यस्ता मुद्दा र अभियानले एकएक गरेर युद्धका १५ हजार मृत्युका चिहान उत्खनन् गर्ने हो ? प्रश्न उठाएको छ । गोरखाको कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही नभएको भन्दै काठमाडौको सडकमा देखिएको घटाइएको घटनाले थप गम्भीर बनाएको छ । चिन्ता थपेको छ । र, निर्दोष व्यक्ति पनि सार्वजनिक वेइज्जती र हत्यारा ठहरिनुपर्ने वातावरण सिर्जना गर्न खोजिदैछ ।

७० वर्षे वृद्ध कसरी हत्यारा ?
नुरप्रसाद अधिकारीले स्थानीयस्तरमा सामाजिक रुपमा प्रतिष्ठत व्यक्ति छविलाल पौडेल जो उमेरले पनि ७० बर्ष पार गरिसकेका छन, उनलाई पनि व्यक्तिगत रिसिइबीका आधारमा हत्यामा संलग्न भनेका छन् । घटना चितवनमा हुदाँ उनी गोरखाको फुजेल गाविसमा थिए । सामान्य खेती किसानीमा संलाग्न विष्णु तिवारी, -नुरप्रसादको परिवारले अशं नदिएर पीडामा रहेकी माइली आमाका भाइ, जो सामान्य किसान छन्) बाबुराम अधिकारी, भीमसेन पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी पनि सामान्य किसान हुन् । परशुराम पौडेल निजी स्कूलमा अध्यापनमा संलग्न छन् । त्यसकारण यो घटना अधिकारी परिवारले व्यक्तिगत रिसिइवी, शंका र कसैको उक्साहटमा पोलिएको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More