काठमाडौं, पुस १२ - कर्जा प्रवाहमा अख्तियारी दुरुपयोग गरेको आरोपमा एनआईडिसी क्यापिटल मार्केट्सका सञ्चालक शिवजी यादव पक्राउ परेका छन् ।विभिन्न व्यक्ति तथा कम्पनीको नाममा कर्जा प्रवाह गर्दा प्राप्त अख्तियारी र स्वीकृत सिमाको दुरुपयोग गरेको, वित्तिय संस्थाको हित प्रतिकूल हुने गरी कार्य गरी वित्तिय संस्थालाई प्रत्यक्ष रुपमा हानी नोक्सानी पुर्याएको भन्दै यादवलाई दरबारमार्गबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।सीआईबीले यादवमाथ ऋणीहरुको मिलोमतोमा कम्पनीको कोष र कर्जाको दुरुपयोग गरेको, कर्जाको लागी धितो राखिएको सम्पत्तिको अधिक मुल्यांकन गरे गराएको, कर्जाको रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेको दाबी गरेको छ ।
दुई लेखापरीक्षक पक्राउ
राससका अनुसार एभरेस्ट इन्स्योरेन्स कम्पनीका तत्कालीन कार्यकारी प्रमुख केवलकृष्ण श्रेष्ठलाई अनधिकृत काम गर्न सहयोग पु¥याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई लेखापरीक्षक कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ ।ब्यरोका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार पक्राउ पर्नेमा सन्तोष एन्ड कम्पनीका सञ्चालक जगदीश अग्रवाल र जिके अग्रवाल एन्ड कम्पनीका सञ्चालक गोपाल अग्रवाल(भारत) छन् ।उनीहरुलाई ब्युरोले बिहीबार काठमाडौँबाट पक्राउ गरेको हो । गैरकानुनी काममा सहयोग गरी नागरिकको सम्पत्ति हिनामिना गर्न प्रेरित गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा लेखापरीक्षण कम्पनीका सञ्चालकद्वयले कम्पनीको आव २००८/०९, २००९/१०, २०१०/११ र २०११/१२ मा लेखापरीक्षण गर्दा अनियमितता गरेको खुल्न आएकाले पक्राउ गरी थप अनुसन्धान थालिएको हो ।इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत रहँदा श्रेष्ठले रु दुर्ई करोड पचास लाख ८९ हजार ५८१ विभिन्न शीर्षकमा खर्च गरी अनियमितता गरेको भन्दै ब्युरोले केही समय पहिले नियन्त्रणमा लिएको थियो ।