BICITRA KHABAR

BICITRA KHABAR

एमालेलार्इ रगत दिने रामकुमारीभन्दा पैसा दिने राज्यलक्ष्मी प्यारी ! झाँक्री भन्छिन्- मैले बगाएको रगत विष्णुमतीको पानीसरह भयो

१३ पुस, काठमाडौं । नेकपा एमालेका लागि लोकतान्त्रिक आन्दोलनमा रगत बगाएकी युवा नेतृ रामकुमारी झाँक्रीभन्दा पार्टीलाई चन्दा दिने घरानियाँ समूहकी राज्यलक्ष्मी गोल्छा प्यारी ठहरिएकी छिन् ।नेकपा एमालेले गोकर्ण रिसोर्टमा महंगो बैठकपछि शुक्रबार अन्तिम रुप दिएको समानुपातिक सभासदको सूचीमा राज्यलक्ष्मी गोल्छाको नाम मधेसी महिलाका तर्फबाट समावेश गरेको छ । तर, उसले चर्चित युवा नेतृ रामकुमारी झाँक्रीलाई भने संविधानसभामा पठाउन एमालेले आवश्यक ठानेन । नेपाली राजनीतिमा त्याग र बलिदान भन्दा पैसाको प्रभाव बढ्न थालेको भन्दै एमाले वृत्तमा असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ ।संघर्षशील युवाको साटो बिरामी भएर थला परेका भरतमोहन अधिकारीलगायतलाई संविधानसभामा पठाएर एमालेले संविधानसभालाई वृद्धाश्रमजस्तो बनाएको आरोप केही एमाले नेताले लगाउन थालेका छन् ।

मैले रत्नपार्कमा बगाएको रगत खेर गयो-झाँक्री
समानुपातिक सूचीमा नपरेपछि युवा नेतृ झाँक्रीले रत्नपार्कमा बगाएको रगत विष्णुमतीको पानी सरह भएको र आफूलाई विगतले गिज्याएको प्रतिक्रिया दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘राजननीति निर्मम हुन्छ, जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मुल्य हुदैन भन्ने सुनेकि थिएँ, मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीको लागि विष्णुमतिमा बगेको पानी जस्तै भएछ।, विगतले गिजाएजस्तै भाको छ । समानुपातिकतर्फको पार्टी निर्णयः यसले सायद धेरै साथीहरूलाई जस्तै मलाई पनि आर्श्य चकित बनायो ।तर राजनीतिमा तत्काल केहि पाउन र पाइन्छ भनेर लागेकै होइन भन्दै उहाँले समाज भित्र जुन सामाजिकअसमानता त्यसलाई हटाउनु पर्छ र हटाउन सकिन्छ भन्ने विश्वासले यो परिवर्तनको आन्दोलनमा लागेको बताउनुभएको छ । झाँक्रीको भनाइ छ, मेरो बिश्वास डगमगाएको छैन म परिवर्तनको आन्दोलनमा लागिनै रहने छु।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More