पौष १२ रोग जस्तो भएपनि नराम्रै हुन्छ । तर बिश्वमा अनौठो अनौठो रोग को सख्या पनि प्रचुर रहेको छ । यसै क्रममा १२ बर्ष की एउटी बालीका पनि अनोठो रोगको शिकार बन्न पुगेकी छन् ।डेलीमेल का अनुसार सो बाालीका लाई दिनमा ४० पटक भन्दा बढी वान्ता हुने गर्दछ । सो बालीकाले २४ घन्टा मध्ये १० घण्टा बाथरुममै बिताउनुपर्ने बाध्यता रहेको छ । शुरुवातमा डाक्टरहरुले बालीका गर्भवति भएको आशंका गरेका थिए तर एक अनुसन्धान पछि बेलायतमा बस्ने जायेद नामक सो बालीका लाई साइक्लिकल भोमेटिंग साइन्ड्रोम भयको पाईएको छ । धेरै हप्ता देखी यस रोग बाट त्रसित रहेकी बालीका लाई वान्ता रोक्ने दवाई दिएपछि केही राहत भने भएको छ तर बालीकाले अहीले पनि वान्ता भने ५ ≈ ६ पटक गरिरहन्छीन् ।