१३ पुस, काठमाडौं । यूएईमा शनिबारबाट सुरु भएको एसिसी यू-१९ एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग १ सय ३२ रनले पराजित भएको छ ।पाकिस्तानले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि अमित श्रेष्ठले ६० र सुनिल धमलाले ३९ रन बनाए ।U 19 asia cupयसअघि पहिले व्याटिङ गरेको पाकिस्तानले सामि अस्लम र हसन राजाले सतकको मदतमा ५० ओभरमा विकेट गुमाएर ३११ रन बनाएको थियो । नेपाली बलरहरुलाई निरिह बनाएका सामिले १०८ रन बनाउन सफल भए । त्यसैगरी अर्का ब्याट्सम्यान हसनले १०० रन बनाए । पाकिस्ताका अर्का व्याट्सम्यान जफर गोहरले अविजित ५० रन बनाएका थिए ।पूरा नेपालका लागि ललित भण्डारी र रामनरेश गिरीले दुई दुई विकेट लिन सफल भए । त्यसैगरी यज्ञमान कुमालले एक विकेट लिएका थिए ।मलेशियामा भएको पहिलो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने भारत र पाकिस्तान संयुक्तरूपमा विजेता घोषित भएका थिए । एक समय उमेर समूहको क्रिकेटमा नेपालले जाइन्ट किलरको छवि बनाएको थियो । तर, अहिले राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा तय गर्दा उमेर समूह कमजोर सावित भइरहेको छ । सन् २००९ देखि नेपालले उमेर समूहका कुनै पनि प्रतियोगिता जितेको छैन ।