BICITRA KHABAR

BICITRA KHABAR

Call Kantipur | सांगीतिक कार्यक्रम | January 31, 2014


‘नाई नभन्नु ल —२’ को गीत रिलिज, बालबालिकाको मनै छुने प्रेम(भिडियो)

गीतले मन छुन्छ, आनन्दित बनाउँछ अनि मात्र सफल हुन्छ । चलचित्र ‘नाई नभन्नु ल’ का गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको केही वर्ष मात्र भयो । निर्देशक विकास आचार्य अब फेरि दर्शकलाई यस्तै गीतहरुबाट आकर्षित गर्न तयार छन् । चैत्र २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल २’ को ‘यी आँखामा तिमी छौ’ बोलको गीत सार्वजनिक गरिएको छ । वसन्त सापकोटाको संगीत, डा. कृष्णहरि बरालको शब्द रहेको यो गीतमा प्रेम परियारले स्वर दिएका छन् । गीतमा अनुभव रेग्मी र सुज्ञानीले अभिनय गरेका छन् । ‘चलचित्रका मुख्य हिरो नै अनुभव हुन्’, विकास आचार्यले भने । चलचित्रमा यी दुई बाल कलाकारको साथमा सरोज खनाल, सुरज सिंह ठकुरी, जीवन लुँइटेल, सिताराम कट्टेल, प्रियंका कार्की, बर्षा शिवाकोटीको मुख्य भूमिका छ । चलचित्रका सबै गीत उत्कृष्ट बनेकाले पनि यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । यसअघि पनि विकासका सिनेमा चल्नुमा गीतसंगीतको महत्वपूर्ण साथ थियो । विकास आचार्य र दिनेशकुमार पोख्रेलले मिलेर यो फिल्म बनाएका हुन् ।

ज्ञानेन्द्रकी छोरीले गरिन् घरजग्गा कब्जा विदेशमा भेटिएन 'पम्फादेवी' को पैसा

१५ माघ, काठमाडौं । राजधानीको छाउनीस्थित पूर्वराजा वीरेन्द्रको परिवारको स्वामित्वमा रहेको भवन अहिलेसम्म पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहले कब्जा गरिरहेको गुनासो मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष पुगेको छ ।नेपाल ट्रष्टका तर्फबाट मंगलबार गृहमन्त्रीले मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई बुझाएको प्रतिवेदनमा ट्रष्टले प्रयास गर्दा पनि भवन र जग्गा राष्ट्रियकरण गर्न नसकेको उल्लेख छ । नेपाल ट्रष्टको आर्थिक वर्ष ०६८/०६९ को वाषिर्क प्रतिवेदनको ३२ औं पृष्ठमा भनिएको छ,-छाउनीस्थित तत्कालीन राजाको नाममा रहेको घरजग्गा यस कार्यालयको स्वामित्वमा आए तापनि उक्त जमीनमा बनेको भवन तत्कालीन राजपरिवारका सदस्यले हालसम्म उपयोग गरिरहेकाले ट्रष्टको प्रयासको बावजुद पनि ट्रष्टले उपभोग र उपयोग गर्न बाँकी रहेको छ ।’महंगो जमीनमा बनेको भवन अहिले ज्ञानेन्द्रकी छोरी प्रेरणा र ज्वाइँ राजबहादुर सिंहले उपभोग गर्दै आइरहेका छन् ।नेपाल ट्रष्ट ऐन ०६४ अनुसार गठित नेपाल ट्रष्टको संरक्षकमा प्रधानमन्त्री रहन्छन् भने ट्रष्ट सञ्चालक समितिको अध्यक्षमा प्रावधान गृहमन्त्री रहने प्रावधान छ । स्वयं गृहमन्त्री अध्यक्ष रहेको ट्रष्टले पहल गर्दा पनि ज्ञानेन्द्रकी छोरीले उपभोग गरेको अचल सम्पत्ति नेपाल सरकारले आफ्नो नाममा ल्याउन नसकेको हो ।

विदेशमा फेला परेन ‘पम्फादेवी’ को पैसा
पूर्व राजपरिवारले विदेशमा खाता खोलेर सम्पत्ति लुकाएको चर्चा ०४६ सालको परिवर्तनपछिदेखि चल्न थालेको हो । तत्कालीन रानी ऐश्वर्यले ‘पम्फादेवी ठकुरानी’ को नामबाट स्वीटजरल्याण्डमा खाता खोलेको चर्चा ०४६ को परिवर्तनपछि खुबै चलेको थियो । तर, नेपाल ट्रष्टले भने अहिलेसम्म विदेशमा पूर्वराजपरिवारको सम्पत्ति फेला नपरेको जनाएको छ ।विदेशको पैसा खोज्न स्थायी कार्यदल बनाउन माग
ट्रष्टले विभिन्न मन्त्रालय र राष्ट्रबैंक समेतको सामुहिक पहलमा विदेशमा रहेको सम्पत्ति खोजी गर्न स्थायी किसिमको कार्यदल गठन गरिनुपर्ने सुझाव मन्त्रिपरिषदलाई दिएको छ ।यसबारे ट्रष्टको प्रतिवेदनको ३३ औं पृष्ठमा भनिएको छ,-’नेपाल ट्रष्ट र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र् बैंकको सहयोगमा विदेशमा रहेको सम्पत्ति खोजविन कार्यको लागि स्थायी प्रकृतिको कार्यदल गठन गरी परिचालन गर्नुपर्नेे देखिन्छ ।’त्यसो त नेपाल ट्रष्टका कर्मचारीहरुले विदेशमा पूर्व राजपरिवारको सम्पत्ति खोज्न भन्दै दशौं लाखको वैदेशिक भ्रमणसमेत गर्न भ्याएका छन् । ट्रष्टका कार्यकारी सचिव श्रीधर गौतमले तयार पारेको वाषिर्क प्रतिवेदनमा स्वदेश तथा विदेशमा वीरेन्द्रका परिवारको् सम्पत्ति खोजविनका लागि ५३ लाख ५० हजार बजेट स्वीकृत भएको उल्लेख छ । प्रतिवेदनमा प्रस्तुत वाषिर्क कार्यक्रमको विवरणमा ‘विदेशमा अवलोकन भ्रमण’ समेत उल्लेख छ ।

इजरायल पठाउने भन्दै लाखौं ठगी

काठमाडौं-क्रिश्चियन धर्म मानेकै आधारमा इजरायल पुर्‍याएर रोजगार लगाइदिने भन्दै एक दम्पतीले नेपाली क्रिश्चियनहरूसँग लाखौं रकम ठगी गरिरहेको खुलेको छ। चर्चले दिने प्रमाणपत्रका आधारमा सतिस घले (सामुअल घले) र उनकी श्रीमती उषा घलेले इजरायल पठाइदिने भन्दै रकम उठाएको पीडितहरूले बताएका छन्। सन् २००९ देखि नै नेपाली कामदार लैजान बन्द गरिएको इजरायलमा जागिरको लोभ देखाएर घले दम्पतीले प्रतिव्यक्ति २८ हजारदेखि २ लाख रुपैयाँसम्म उठाउने गरेको पीडितहरूको भनाइ छ। 'तुरुन्तै इजरायल जान पाइन्छ भनेर कतारमा हुँदाखाँदाको जागिर छाडेर आएँ,' सन् २०१३ मार्चमा इजरायल जाने आसमा कतारबाट फर्केका सुनसरी, धरान–८ का हिरालाल विश्वकर्माले मंगलबार नागरिकसँग भने, 'जागिर पनि गयो, इजरायल पनि जान पाइएन।' दार्जिलिङ निवासी सतिस र नेपाली नागरिक उषा दुवै क्रिश्चियन धर्मावलम्बी हुन्। उनीहरूले रकम लिँदा 'इजरायल पठाइदिन्छु' भनी कबुल गरेर हस्ताक्षरसहित कागज गरिदिन्छन्। त्यस्तै केही कबुलियत नागरिकसँग सुरक्षित छ। इजरायलको सपना देखेर कतारको जागिर छाडेर आएका हिरालाललाई पनि घले दम्पतीले आफ्नै हस्ताक्षरमा झुठो कागज लेखेर दिएका थिए। उनी आफ्ना दाइ गोविन्दले नेपालबाट बोलाएपछि मासिक ६० हजार रुपैयाँको जागिर छाडेर आएका हुन्। भाइ र आफ्नोसहित ३४ जनाको ९ लाख ८५ हजार रुपैयाँ पटकपटक गरी गोविन्दले नै सतिस र उषालाई बुझाएका थिए। रकम बुझाएको लामो समय बित्दा पनि इजरायल जाने सुरसार नदेखेपछि उनीहरूले सतिस र उषालाई र्‍याखर्‍याखती पार्न थाले। 'निकै धाएपछि केही दिनअघि बल्ल पैसा फिर्ता पाइयो,' गोविन्दले नागरिकसँग भने, 'हामीसँग मात्र होइन, अरू थुप्रैसँग क्रिश्चियन धर्मको नाममा भावनात्मक ब्ल्याकमेल गरी पैसा उठाइरहेका छन्।' इजरायल पठाइदिने लोभ देखाएर उठाएको रकम उनीहरूले सुन र ब्याजमा लगाउने गरेको हिरालालले बताए। उनी इजरायल जाने सपना तुहिएपछि अचेल बागडोल–रत्नपार्क रूटमा टेम्पो चलाउँछन्। धरानका अर्जुन राई इजरायल जाने लोभमा फसेका अर्का व्यक्ति हुन्। उनले आफू लगायत १५ जनाबाट प्रतिव्यक्ति ३१ हजार रुपैयाँका दरले साढे चार लाखभन्दा बढी घले दम्पतीलाई बुझाएका थिए। अहिले फसेको रकम कसरी उठाउने भन्ने चिन्तामा छन्। उनको विश्वासमा पैसा दिनेहरू तारन्तार धाएका धायै छन्, तर उनी आफैं घले दम्पतीबाट पैसा उठाउन सकिरहेका छैनन्। 'मैले पैसा उठाएर आफैं खाएको होइन, म पनि पीडित हँु,' राईले भने। विश्वासका भरमा पैसा बुझाउने कसैलाई पनि इजरायलले चार वर्षअघि नै नेपाली कामदार लैजान बन्द गरिसक्यो भन्ने थाहा छैन। घले दम्पतीले यही अनभिज्ञताको फाइदा उठाएका हुन्। उनीहरूले अहिले पनि विभिन्न चर्चमा गएर इजरायल पठाइदिने प्रलोभन देखाउँदै पैसा उठाइरहेको पीडितहरूले बताए। उनीहरू पैसा उठाउन आउँदा एक साताभित्रै इजरायल उडाइदिने बाचा गर्छन्। महिनादिन बित्दा पनि केही नभएपछि बुझ्न जानेहरूलाई इजरायलबाट विभिन्न एजेन्टले पठाएको इमेल भन्दै नक्कली पत्र देखाएर झुक्याउने गर्छन्। एजेन्टको नाममा पठाएको भनिएका इमेलमा 'कामदार ल्याउने प्रयास भइरहेको' बेहोरा लेखिएको हुन्छ। त्यस्तै एउटा जाली इमेलमा 'कामदारको सबै कुरा काठमाडौंस्थित इजरायली दूतावासले जाँच गर्ने' उल्लेख छ। क्रिश्चियन धर्म मान्नेहरूलाई 'क्रिश्चियन वर्क भिसा' दिने भन्दै सम्पूर्ण प्रक्रिया निःशुल्क हुने पनि लेखिएको छ। 'इजरायलमा ठूलो संख्यामा अवैध नेपाली कामदार छन्, जसलाई इजरायल सरकारले वैध बनाउने प्रयास गरिरहेको छ,' एउटा इमेलमा लेखिएको छ। यही आधारमा पीडितहरूले दूतावास गएर सोधपुछ गर्दा सबै बेहोरा असत्य भएको फेला पर्‍यो। 'म इजरायल जान्नँ, मेरो पैसा फिर्ता देऊ भन्न गयो भने क्रिश्चियन धर्मको विश्वासका बारेमा अनेक प्रवचन दिन्छन्,' गोविन्दले भने, 'एउटा क्रिश्चियनले अर्को क्रिश्चियनलाई अविश्वास गर्न हुँदैन भनेर धर्मको नाममा ब्ल्याकमेल गर्छन्। त्यही भएर पनि धेरैजना उनीहरूविरुद्ध बोल्न सकिरहेका छैनन्।' गोरखकाली टायर कारखानामा जागिरे आफ्ना ससुरा इजरायल जानकै लागि जागिर छाडेर बसेको बताउँदै उनले भने, 'अहिले उहाँको बेहाल छ, तर धर्मका कारण बोल्न सक्नुभएको छैन।' घले दम्पतीले पीडितहरूलाई अल्झाउन भाषा परीक्षासमेत लिने गरेका छन्। पैसा उठाएकाहरूसँग 'अंग्रेजी' भाषाको लिखित परिक्षा लिँदै आएका छन्, जबकि इजरायलमा 'हिब्रु' भाषा बोलिन्छ। भाषा परीक्षा लगनखेलस्थित शालोम एजुकेसन कन्सल्टेन्सीको कार्यालयमा लिइने गरेको छ। यो कन्सल्टेन्सी पैसा उठाउने र परीक्षा लिने बेला मात्र खुला हुने गरेको पीडितहरू बताउँछन्। उषा घलेले नेपाली क्रिश्चियनलाई इजरायल पठाउन पैसा उठाइरहेको स्वीकार गरिन्। म्यानपावरमार्फत नभई व्यक्तिगत सम्पर्कका आधारमा इजरायल पठाउने गरेको उनको दाबी छ। 'मान्छे गइरहेका छन्। अझै पठाउँदै छौं। विश्वासी क्रिश्चियन भएकाले एक पैसा नलिई पठाएका हौं। दुःखीलाई सहयोग गर्न खोजेका हौं,' उषाले नागरिकसँग भनिन्, 'हामीले कसैलाई जागिर छाडेर आऊ भनेका छैनौं।' सबै प्रक्रिया निःशुल्क भए पनि कागजपत्र मिलाउन लाग्ने न्यूनतम रकम मात्र उठाउँदै आएको उनले बताइन्। 'जान नचाहनेको पैसा फिर्ता गर्छौं,' उनले भनिन्, 'हाम्रो नाममा अरूले पैसा खाए होलान्, हामीले कसैको खाएका छैनौं।' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ भने इजरायलले नेपाली कामदारको प्रवेशमा रोक लगाएकाले त्यहाँ पठाउनु नै गैरकानुनी भएको बताउँछन्। 'संस्थागत रूपमा होस् कि व्यक्तिगत रूपमा, इजरायलमा कामदार पठाउनु गैरकानुनी हो,' उनले नागरिकसँग भने, 'पठाउनेलाई तत्काल कारबाही गर्नुपर्छ।' सन् २००० देखि नै नेपालीहरू सुसारेका रूपमा इजरायल जान थालेका हुन्। सन् २००७ मा यसलाई थप व्यवस्थित गरिएको थियो। सरकारले कामदार इजरायल पठाउँदा प्रतिव्यक्ति २ लाख ७० हजार रुपैयाँ मात्र उठाउन पाउने प्रावधान बनायो। तर, म्यानपावर एजेन्सीहरूले ७ लाखदेखि १० लाख रुपैयाँसम्म उठाइरहेको थाहा पाएपछि इजरायलले नेपाली कामदार लैजान बन्द गरेको हो। यसलाई फेरि सुरु गर्नेबारे नेपाल र इजरायलबीच विभिन्न चरणमा बैठक भए पनि वैधानिक बाटो खुल्न सकेको छैन।

बस त्रिशूलीमा खस्दा २५ घाईते

चितवन, पोखराबाट बर्दियाको कोठियाघाट जान आउँदै गरेको ग१ख ४५०१ नं को यात्रुबाहक बस गए राति ९ बजे नारायणगढ–मुग्लिन सडक खण्डको कविलास–५ स्थित सेतीदोभानबाट करिब १ सय मिटर तल त्रिशूली नदीमा खसी दुर्घटनामा परेको छ । दुर्घटनामा २५ यात्रु घाईते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार राति १० बजेसम्म १५ घाइतेलाई उद्धार गरी भरतपुर अस्पतालमा पठाइसकिएको छ । अन्य घाइतेको मुग्लिनस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस त्रिशूलीमा खस्दा २५ घाईते । 

स्मार्ट ब्रा, जुन सच्चा प्रेमीका अगाडीमात्र खुल्छ

जापानको एक कम्पनीले हाईटेक ब्रा बनाएको छ, जुन सच्चा प्रेम गर्ने पुरुषको अगाडि मात्र खुल्छ ।
झट्ट हेर्दा सामान्य जस्तै देखिने यो ब्राले पुरुषको भ्रम तोड्दै उक्त ब्रा लगाउने महिलाले प्रेम गर्छिन कि गर्दिनन् भन्ने जानकारी दिनेछ । यो ब्रा बुद्धिमान र चलाख छ कि, महिलाको अगाडि रहेको पुरुषले बास्तवमै प्रेम गर्छ भने मात्र खुल्छ ।ब्रा उत्पादन गर्ने कम्पनी ‘रभिजोर’ले बनाएको यो ब्राले मदिरा पिएर मात्तिनेहरुलाई झन अप्ठ्यारोमा पार्छ । साथै नाइटक्लबमा मात्तिएका केटाहरुको समूहबाट हुने आक्रमणबाट समेत सुरक्षा दिन्छ ।डमीका रुपमा तयार पारिएको यो ब्रा अहिले नै बजारमा किन्न भने पाइँदैन । बजारमा ल्याउने बेला यसको मूल्य करिव ५ हजार येनसम्म पर्ने अनुमान गरिएको छ ।

कसरी गर्छ काम ?
यो चमत्कारिक ब्राले महिलाको मुटको धड्कनअनुसार निर्णय लिन्छ । यदि महिलाको मुटुको धड्कन बढ्दै गयो भने यसमा राखिएको सेन्सरको बत्ति बल्छ ।यसले स्मार्टफोन एपसम्म सन्देश पुर्‍याउँछ र ब्रा खुल्छ । यदि महिलाले पुरुषलाई प्रेम गर्दिनन् भने ब्रा खुल्दैन, जसले गलत नियत भएका पुरुषबाट महिलालाई बचाउने उत्पादक कम्पनीले बिश्वास लिएको छ ।कम्पनीले सार्वजनिक गरेको प्रोमोसनल भिडियोमा त्यहाँ कार्यरत यौन बिज्ञले भनेका छन-’अहिलेसम्म फगत लगाउने अन्तरबश्त्र मात्र थियो, अब यो महिलाको रक्षक पनि बन्ने छ ।’‘मलाई बिश्वास छ, यो ब्रा बिश्वभरका महिलाका लागि बिश्वासिलो साथी बन्ने छ ।’ उनले भने । यो प्रोमोसनल भिडियोपछि मानिसहरुले यसबारे प्रश्न उठाउन थालेका छन् । आजकलको भौतिक दुनियाँमा प्रेममा परेपछि मात्र ब्रा खोलिन्छ भन्ने छैन् ।यदि कुनै महिलाले कुनै पुरुषसँग प्रेम गर्न आबश्यक ठानिनन् तर, सम्बन्ध राख्न चाहिन भने कसरी ब्रा खुल्छ भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।

यिनै युवक हुन जसले कलिवूड मा सन् सनी मच्चाए !!! हेर्नुहोस भिडियो सहित !!!

छ एकान छ’ युट्यूवमा राख्नेलाई माफी
काठमाडौ, माघ १३ – चलचित्र ‘६ एकान ६’ को दृश्य मोवाइमा खिचेर युट्यूबमा अपलोड गर्ने युवकले माफी पाएका छन् ।चलचित्रको ४० मिनेट लामो क्लिप युट्युबमा अपलोड गर्ने १९ बर्षे सन्दिप मगरलाई दुई रात महानगरीय प्रहरी प्रभाव हनुमानढोकामा राखेपछि निर्माताहरुले माफी दिएका हुन् ।‘अन्जानमा उसले गल्ती गरिहाल्यो, त्यसको सजायँ दिएर अर्को गल्ती नहोस् भनेर माफी दिएका हौं’ निर्माता दीपकराज गिरीले भन्नुभयो ‘कलेज पढ्दै गरेको किशोरको भविष्य सोचेर माफी दिएका हौं ।’चलचित्रको पाइरेसी गरेबापत पचास लाख क्षतिपुर्ति र जेल सजायँ दुबै हुनुपर्ने माग गर्दै महानगरिय प्रहरी प्रभाग हनुमानढोकामा उजुरी दिएका निर्माताद्धय दीपक र दीपाश्री निरौलाले मानवताको नाताले सन्दिप विरुद्धको उजुरी फिर्ता लिएका छन् ।
सिद्धार्थ एकेडेमीमा १२ कक्षामा पढ्दै गरेका सन्दीपले कसैको आग्रह पूर्वाग्रहमा नभई आफै युट्यूवमा अपलोड गरेको बताए । ‘सजायँ हुन्छ भन्ने थाहा पाएको भए यस्तो गर्ने थिइन । फिल्म खिचेर अपलोड गर्दा प्रहरी पक्रन्छ भन्ने थाहा थिएन ।’ मगरले अबदेखि यस्तो नगर्ने पनि बताएका छन् ।वरिष्ठ प्रहरी उपरीक्षक विजय कायस्थका अनुसार साइवर क्राइम अन्र्तगत पाइरेसी गर्नेलाई एक लाखसम्मको जरिवाना र पाँच बर्षसम्मको जेल सजायँ हुने कानुनी प्रावधान छ । उहाँले भन्नुभयो ‘दुईपक्षबिच सम्झौता भएपछि यो केसलाई यही मिलाइएको हो ।’साइवरबाट अपलोड गरिएको त्यस भिडियोको २० एमवी डाटा रहेको थियो । भिडियो अपलोड भएसँगै प्रहरीको खोजीमा रहेका मगरलाई शुक्रबार विहानै प्रहरीले पक्राउ गरेर हनुमान ढोकामा ल्यायो । युट्यूवबाट शुक्रवार दिउँसो फिल्मको भिडियो हटाउनु अघिसम्म ३५ हजारले भिजिट गरिसकेका थिए ।४० मिनेट लामो चलचित्रको क्लिप  युट्यूवमा अपलोड गरिएपछि चलचित्र निर्माण पक्षलाई निकै तनाब झेल्नु परेको थियो । विशेष गरेर विदेशमा चलचित्र प्रर्दशनको सम्झौतालाई यस्ले निकै असर गरेको निमात्री दिपाश्री निरौला बताउँछिन् । 

चियामा नसालु दबाई मिसाएर पिलाउदा


स्मार्टफोनमा ब्याट्री टिकाउने तरिका

सवैजसो स्मार्टफोन प्रयोगकर्ताको एउटै समस्या हुन्छ- ब्याट्री चाँडै सकिनु । हाम्रो जस्तो मुलुकमा यो किन पनि पिडादायी हुन्छ भने चाहेको बेला चार्ज गर्न बिजुली उपलब्ध हुँदैन् । तर, स्मार्टफोनको ब्याट्री तपाईको लोडसेडिङ तालिका हेरेर सकिँदैन् । त्यसैले, कसरी ब्याट्रीलाई लामो समयसम्म टिकाउने भन्ने बिषयमा ध्यान दिनु जरुरी हुन्छ । केही सामान्य सावधानी अपनाउँदा पनि ब्याट्रीको लाइफ दोब्बर बनाउन सकिन्छ ।

१. भाइब्रेसन अफ गर्नुहोस् 

मिटिङ, सिनेमा हल र कार्यालयमा भएका बेला फोन वा म्यासेज आएको जानकारी दिन फोन भाइब्रेसनमा राख्नु जरुरी हुन्छ । तर, सधैभरि फोन भाइब्रेसनमा राख्दा तपाईको स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ । त्यसैले आवाजले डिस्टर्व गर्ने अबस्थामा बाहेक रिङटोन नै प्रयोग गर्नुहोस् । किनकी रिङटोनले भन्दा भाइब्रेसनले निकै धेरै ब्याट्री खपत गर्छ ।
२. स्क्रिनको प्रकाश मधुरो बनाउनुहोस्

हामीले जतिखेर पनि स्मार्टफोन प्रयोग गर्दा स्क्रिन अन गर्नेपर्ने हुन्छ । जसले गर्दा स्मार्टफोनको ब्याट्रीको महत्वपूर्ण शक्ति स्त्रिmनले खपत गरिरहेको हुन्छ । फोनको ब्राइटनेस सेटिङमा गएर अटो एडजस्ट गर्नु सवैभन्दा राम्रो हुन्छ । त्यसबाहेक तपाईले आफुलाई अनुकुल हुनेगरि फोनको चहक हटाउन पनि सक्नुहुन्छ ।
३.स्क्रिन टाइमआउट छिटो बनाउनुहोस् 
तपाईले फोन चलाउन थालेको कतिसमयसम्म फोनको स्त्रिmन सक्रिय राख्ने भन्ने कुराले तपाईको ब्याट्री कति टिक्छ भन्ने कुरा निर्धारण गर्ने छ । त्यसैले तपाईले सेटिङमा गएर स्त्रिmन टाइमआउट समय घटाउनुपर्ने हुन्छ । काम सकेपछि फोनको स्त्रिmन लक नगर्ने बानी हुनेहरुलाई पनि यसले सजिलो बनाइदिने छ ।
४. काम नभएका बेला अफ गरिदिनुहोस्
 यदि तपाईले केही घण्टा फोन चलाउनुहुन्न भने यसलाई स्वीच अफ गरिदिँदा फाइदा हुन्छ । किनकी फोनलाई स्लीप, वा इनएक्टिभ राख्दा पनि तपाईको ब्याटि्र खपत भइरहेको हुन्छ । लामो समयको हवाई यात्रा, मिटिङ वा सुत्ने बेला फोनको स्वीच अफ गरिदिनुभयो भने अन गरेपछि अर्को थुप्रै घण्टा तपाईको फोनलाई उर्जा कायम रहने छ ।
५. ब्याट्री चार्ज सही तरिकाले गर्नुहोस्
 मोबाइलमा समान्यतयाः तीन प्रकारका ब्याट्रीहरु प्रयोग हुन्छन् । लीओन, एनआईएमएच र एनआईसीडी । पहिलो प्रकारका ब्याट्रीका लागि ब्याट्री पुरै नसकिए पनि चार्ज गरिराख्नुपर्छ भने दोस्रो र तेस्रो प्रकारका ब्याट्रीका लागि भने पुरै ब्याटि्र सकिएपछि मात्र चार्ज गर्नुपर्छ । तपाईंको स्मार्टफोनमा प्रयोग भएको ब्याट्री कुन प्रकारको हो, त्यसको जानकारी लिएर सोहीअनुसार चार्ज गर्नुभयो भने ब्याट्रीको आयु बढ्छ ।

 ६. अनाबश्यक एप बन्द गर्नुहोस् 
आजकल सवैजसो स्मार्टफोनमा मल्टिटास्किङ फिचर हुन्छ । तपाईंले कुनै एप चलाइरहनुभएको छ, त्यो बन्द नगरि अर्को खोल्न सक्नुहुन्छ । तर, एप बन्द नगर्दा तपाईको फोनले बढि ब्याट्री खपत गरिरहेको हुन्छ । एप प्रयोग नगरे पनि एप बन्द नगरेका कारण तपाईको स्मार्टफोनको ब्याट्री सकिइरहेको हुन्छ । त्यसैले सवै जसो फिचर वा एप चलाइसकेपछि अनिवार्यरुपमा बन्द गर्नुहोस् । कतिपय एपलाई मृत अबस्थामा राख्दा राम्रो । यसका लागि इन्ड्रोइड स्टोरमा टास्क किलर एपहरु उपलब्ध छन जसले तपाईलाई निश्चित फिचरमात्र अन गरेर अन्यलाई मृतप्रायः राखिदिन्छ ।
७. जीपीएस अफ गर्नुहोस् 
तपाईंको मोबाइलमा रहेको जीपीएस सेवाले तपाईको लोकेसन ट्रयाक गरिरहेको हुन्छ । यो प्रकृयामा मोबाइलबाट डाटा पठाउने र लिनेक्रम चलिरहन्छ । यस्तो अबस्थामा तपाईले थाहा नपाई मोबाइलको ब्याटि्रको खपत भइरहेको हुन्छ । त्यसैले जीपीएस सेवा प्रयोग गर्ने यस्ता एपहरु नचाहिएको बेला बन्द गर्नुहोस् । गुगल म्याप र फेसबुकजस्ता एपले तपाईको लोकेसन ट्रयाक गरिरहेका हुन्छन् । सुरक्षा र गोपनियताका हिसावले पनि लोकसेन ट्रयाक अफ गर्दा राम्रो हुन्छ ।

८. ब्लुटुथ, वाईफाई र थ्रीजी अफ गर्नुहोस्
तपाईको मोबाइलले सिग्नल सर्च गर्दा पनि ब्याट्रीको खपत भइरहेको हुन्छ । जतिबेला कनेक्सन राम्रो हुँदैन, त्यसबेला फोनले राम्रो सिग्नलका लागि निरन्तर सर्च गरिरहेको हुन्छ । यसले तपाईको ब्याट्रीको उर्जा नष्ट गरिरहेको हुन्छ । त्यसैले चाहिएको बेलामात्र ब्लुटुथ, वाईफाई र थ्रीजीजस्ता सेवा अन गर्नुहोस् अरुबेला अफ राख्नुहोस् ।
९. नोटिफिकेसन घटाउनुहोस्
इन्टरनेट जडित स्मार्टफोनमा निरन्तर नोटिफिकेसन आइरहन्छन् । कहिले एप भर्सन अपडेट, कहिले न्यूज अलर्ट, कहिले इमेल नोटिफिकेसन, कहिले खेलको स्कोरको नोटिफिकेसन । तर, यी सवै कुरा तपाईलाई एकैपटक आबश्यक हुँदैनन् । यी नोटिफिकेसनले तपाईलाई दिक्कमात्र बनाउँदैन, हरेक पटक बल्ने स्त्रिन, भाइब्रेसन र आवाजले फोनको ब्याट्री पनि सकिरहेको हुन्छ । त्यसैले नोटिफिकेसन सेटिङमार्फत् अत्यन्तै आबश्यक नोटिफिकेसनलाई मात्र अलर्टमा राख्नुहोस् । यसले तपाईलाई दिक्दारीबाट पनि बचाउने छ, फोनको ब्याट्री पनि जोगाउने छ ।
१०. फोनलाई चिसो बनाउनुहोस्
तपाईले कहिलेकाहीं ख्याल गरेको हुनुपर्छ, फोनको ब्याट्री तातिरहेका बेला छिटो सकिने गर्छ । कारण, ब्याट्रीलाई उसको पूर्ण क्षमतामा चल्न र टिक्न चिसो वातावरण चाहिन्छ । त्यसैले फोनलाई सिधा सूर्यको प्रकाश पर्ने वा बढि तातो हुने अबस्थाबाट जोगाउनुहोस् । सवैभन्दा ख्याल पुर्‍याउनुपर्ने तपाईको कार पार्किङका बेला हो । यस्तो बेला अक्सर मानिसहरु गाडीभित्रै फोन बिर्सने वा छाड्ने गर्छन् । त्यसो गर्नु ब्याट्री चाँडै सिध्याउनु पनि हो । एजेन्सीको सहयोगमा ओन( लाइन खबर बाट ) 

घर त बन्दिपुर (राजेश के. सी.)


सलमान खान र डेजी साह ( जय हो ) कुराकानी


१२ हजार फिटबाट हाम फाल्दा पनि गएन ज्यान

१२ हजार फिट माथिबाट हाम फाल्दा कोही बाँच्यो भनेर पत्याउन कठिन पर्छ । तर, बेलायतका ३१ वर्षीय स्काइड्राइभर बेन कोर्निक भाग्यले बाँचेका छन् । प्यारासुट समयमै नखुलेपछि उनी पार्किङको एक भ्यानमाथि बजारिएका थिए ।उनी भाग्यले बाँचे तर, गोडाको हड्डी नराम्रोसँग भाँचिएको छ र उनको अवस्था गम्भीर छ । डाक्टरहरुले उनलाई तत्काल अकल्याण्ड लैजान भने । 

तर, उनले न त बीमा गरेका थिए न खल्तीमा पैसा नै थियो । डाक्टरले उपचारका लागि कम्तिमा ३७ हजार ५ सय डलर चाहिने बताएका थिए ।कोर्निका साथीहरुले फेसबुकमा पेज बनाएर सहयोग जुटाउन थाले । यसपछि उनको जीवनमा अर्को चमत्कार भयो । अनुमान गरेभन्दा धेरै सहयोग जुट्यो । उनको उपचारका लागि ५६ हजार डलर जम्मा भयो । कोर्निककी आमाले भेनकी छिन्-मेरो छोरा ठिक छ । म कति खुसी छु कि बयान गर्न सक्दिन ।’अहिले उनको सर्जरी भइरहेको छ । केही सर्जरी असफल भए पनि चिकित्सकहरुले आश मारेका छैनन् । स्काइड्राइभर बेन कोर्निकले फेसबुकमार्फत सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

फेसबुकका दिन सकिन लागे, ८० प्रतिशत प्रयोगकर्ता गुमाउँदै !

अब फेसबुकको दिन सकिँदैछ । यो दावी हामीले होइन, पि्रन्स्टन यूनिभर्सिटीको मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ डिपार्टमेन्टले गरेको हो ।प्रिन्स्टनले आफ्नो अध्ययनमा फेसबुकलाई एक खतरनाक विमारीको रुपमा उल्लेख गरको छ, जो विस्तारै समाप्त हुँदैछ । उसको दावी छ कि २०१५ देखि २०१७ को बीचमा फेसबुकले ८० प्रतिशत प्रयोगकर्ता गुमाउनेछ फेसबुक आफ्नो चरम लोकपि्रयतामा पुगेको छ । अध्ययनका अनुसार फेसबुकको पुरा ग्राफ माईस्पेसको जस्तै देखिएको छ, जुन एक पटक लोकप्रियताको चरम सीमामा पुगेपछि र्झन सुरु हुन्छ । ४ फेब्रुअरीमा फेसबुक सुरु भएको १० वर्ष पुरा हुँदैछ ।किन समाप्त हुँदैछ फेसबुक ?
अध्ययनका अनुसार फेसबुकको लोकपि्रयता घट्नुमा यसको फिचर्सको ठूलो हात छ । पछिल्लो वर्षमा फेसबुकले लगातार आफ्नो लोकप्रियता गुमाइरहेको अध्ययनको दावी छ ।२०१३ मा टिनएजर्सको अकाउन्टको मामिलामा फेसबुक पनि पछि थियो । फेसबुकको तुलनामा यूट्यूब उनीहरुको मनपर्ने साइट बन्दै गएको छ ।
फेसबुकका फिचरहरु धेरै लोकपि्रय भएका कारण अब आफ्नै पहिचान गुमाउँदैछ । २०१२ को रिसर्चले गुगलमा फेसबुकको सर्च निकै घटेको छ ।प्रिन्स्टनको रिपोर्ट अनुसार फेसबुक माईस्पेस जस्तै समाप्त हुँदैछ । माईस्पेसको १०० मिलियन प्रयोगकर्ताको तुलनामा फेसबुकको १.२ बिलियन प्रयोगकर्ताको तुलना गर्न नमिल्ला तर, यो भबिष्यबाणीले नयाँ बहस भने सुरु भएको छ ।

Jire Khursani, 27 January 2014 Full Episode


नेपाली चलचित्र "हम्री चेली"


दक्षिण अफ्रिकामा नेपाली युवतीको तस्करी; यौनकर्मीको रुपमा रहेको खुलासा

काठमाण्डौ- अन्र्राष्ट्रिय मानव तस्करले नेपाली युवतीलाई अफ्रिकी मुलुकमा पनि अबैध रुपमा पुर्‍याउन थालेका छन् ।चार सयभन्दा बढी नेपाली दक्षिण अफ्रिका र आसपासका मुलुकमा लुकीछिपी बस्ने गरेको तथ्यांक त्यहाँस्थित नेपाली दूतावासले संकलन गरेको छ । त्यसमा आधाभन्दा बढी महिला छन् । विभिन्न अफ्रिकी मुलुकमा यौनकर्मीका रुपमा नेपाली चेलीलाई मानव तस्करले पुर्‍याइरहेको जानकारी दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले पाएको  खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यस्तो काममा लगाउन पाकिस्तानी, भारतीय, नेपाली र अफ्रिकी दलाल सक्रिय छन् । अफ्रिका पुर्‍याएर दलालले लाखौँ रुपैयाँसमेत असुल्ने गरेको उजुरी दूतावासमा पर्ने गरेको जानकारी विदामा काठमाण्डौ आएका दूतावासका उपप्रमुख भरत रेग्मीले दिए । उनले भने,’नेल्सन मन्डेलाको मुलुक, विभिन्न अन्तर्राष्ट्रिय संघसंगठन भएको पर्यटकीय राष्ट्र भएकाले अवसर नै अवसर छ भनेर जनही पाँचदेखि आठ लाख रुपैयाँसम्म दिएर लैजाने गरेका रहेछन् ।’त्यहाँ पुगेका युवतीमध्ये कोही घरेलु कामदारका रुपमा त कोही विभिन्न रेस्टुराँ तथा ठूला बारमा नर्तकी बनेर बसेका छन् । कतिपयलाई दूतावासले यात्रा अनुमतिपत्र दिएर नेपाल फर्काउन सघाएको र कतिपयको अवस्थावारे जानकारी लिने कोसिस गरेको रेग्मीले बताए । उनले भने,’उनीहरु दूतावास आउँछन्, आफ्नो पीडा पोख्छन् तर दिएको ठेगानामा भेट्न खोज्दा फेला पर्दैनन् ।

छोरीलाई दिनहुँ बलात्कार

डडेल्धुरा । पहिलोचोटि रजस्वला भएकै बेलादेखि आफ्नै बाबुद्वारा पटकपटक बलात्कृत एक बालिका आजित भएर प्रहरीको शरणमा पुगेकी छिन् ।जिल्लाको भित्री मधेस क्षेत्र जोगबुडा गाविस–१ कृष्णपुरकी १२ वर्षीया सविता कामी (नाम परिवर्तन) ले गत वैशाख पहिलो साता पहिलोपटक रजस्वला भएकै दिनदेखि आफ्नै बाबुबाट निरन्तर बलात्कृत भएको प्रहरीलाई जाहेरी दिएकी छिन् । दिनहुँ बलात्कारको सिकार हुनुपरेपछि आमा र आफन्तलाई सुनाउँदा समेत बलात्कारी बाबुले नछाडेपछि पीडित इलाका प्रहरी कार्यालय जोगबुडा पुगेकी हुन् ।

‘पीडित बालिकाको उजुरीपछि उनका बाबु अन्दाजी ४० वर्षीय भीम कामीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरा चलान गरिएको छ’, इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले भने– ‘अभियुक्त कामीले आफूमाथि लगाएको आरोप स्वीकार भने गरेका छैनन् ।’
गरिबीका कारण कापीकिताब किन्ने रकम जुटाउन नसक्दा कक्षा २ बाटै विद्यालय पढ्न छाडेकी सविताले पहिलोपटक रजस्वला भएका बेला छाउपडी गोठमै बाबुले बलात्कार गरेको र त्यस दिनदेखि दिनहुँ जबरजस्ती करणी गर्दै आएको बताइन् ।‘वैशाख महिनामै आमालाई सो कुरा भनें’, उनले भनिन्– ‘आमाले समेत त्यस्तो कुरा कसैलाई नभन्नू भन्दै चेतावनी दिइन् ।’ कसैलाई भनेमा हत्या गरिदिने त्रास देखाई बाबुले बलात्कार गर्दै आएको उनले सुनाइन् । ‘दिउँसो घरभन्दा यताउति जान दिँदैनथे’, उनले भनिन्– ‘भाइबैनी विद्यालय र आमा घाँस काट्न जंगल गएको मौका हेरेर दिउँसै बलात्कार गर्थे ।’

किशोरी स्वास्थ्य बारेमा गाउँमा सञ्चालित महिला सशक्तीकरण कक्षामा जानकारी पाएपछि गर्भ रहने डरले बाबुलाई यस्तो नगर्न आग्रह गरेको तर बच्चा भए पनि फरक नपर्ने भन्दै जबर्जस्ती करणी गर्न नछाडेको उनले बताइन् । ‘छरछिमेक र आफन्त महिलाहरूसँग पनि यस्तो भइरहेको बारेमा बताएँ’, उनले रुँदै भनिन्– ‘तर, मेरो कुरामा कसैले विश्वास गरेनन् ।’दिनहुँ आफ्नै बाबुबाट बलात्कृत हुनु परेपछि आजित भएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेको उनले बताइन् । प्रहरीलाई सबै कुरा भनेपछि उजुरी लेख्न लगाएर अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डँडेलधुराका अनुसार बालिकाको उपक्षेत्रीय अस्पताल डँडेलधुरामा स्वास्थ्य परीक्षण भइसकेको छ । अभियुक्तविरुद्ध जबर्जस्ती करणीअन्तर्गत जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया शुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

पशुपतिमा बस्ने ‘बाहुन’ भन्छन्- पानी भए पो नुहाउनु पुरोहित बाजेले त्याग्न थाले दिनहुँ नुहाउने चलन

ज्ञानेन्द्र खड्का
१३ माघ, काठमाडौं । मुटु काँप्ने माघको जाडोमा अरु मस्त निद्रामा सपना देखिरहेका बेला पुरोहितहरुको दैनिकी भने बिहान ३ बजेबाटै भिन्न ढंगले सुरु हुन्छ ।गाउँले परिवेशमा हुर्के बढेका पुरोहितहरु काठमाडौं पस्दा अहिलेकोजस्तो काकाकुल थिएन यो सहर । विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ परिसरमा बसेर यजमानी पेसा गर्दै आएका पुरोहितहरु काठमाडौंमा खानेपानीको हाहाकार भएको भन्दै दैनिक स्नान नगरी मुखमात्रै धोएर पूजापाठ गर्छन् ।गाउँघरमा अहिले पनि पण्डित्याईं गर्नेले दैनिक स्नान गर्नुपर्छ भन्ने मान्यता छ । तर, गाउँघरमा रहेको मान्यतालाई काठमाडौंको काकाकुल सहरले कहाँ पो टिक्न दिन्थ्यो र ? हुनत पुरोहितले जाडोका कारण ननुहाएका हुन् या पानीको अभावकै कारण मुखमात्रै धोएर यजमानी गरेका हुन्, बुझ्न गाह्रो छ । बुढापाकाले पुरोहितको नुहाइलाई चार प्रकारमा विभाजन गरेका छन् । काग नुहाइ, बाघ नुहाइ, नाग नुहाइ र साग नुहाइ ।

‘हाम्रा हजुरबाहरुले नेपाल जाँदा बागमतीमा नुहाएको सुनाउँथे, हामी अहिले बागमती अगाडि नाक थुनेर बस्छौं’, पशुपपति परिसरमा १० वर्ष पहिलेदेखि यजमान गर्दै आएका रामेछापका ४९ वर्षीय लक्ष्मण अधिकारीले भने, ‘कोठामा हप्तामा एक दिन पानी आउँछ, मुख धोएर जनैमा पानी अचाएपछि जिउ शुद्ध भयो, मन चोखो भयो भने सबै चोखो हुने ठानेर पशुपति पुग्छौं ।’दैनिक ननुहाउँदा अुशद्ध हुने कुरा बाबुबाजेबाट सुनेका पुरोहितहरु गाउँबाट काठमाडौं छिरेपछि १५ दिनसम्मको बासी पानीले मुख धुँदा पनि आफूलाई पवित्र ठान्छन् । ‘म काठमाडौं छिर्दासम्म वागमतीमा गएर नुहाउने गरेको थिएँ, बिहान ३ बजे वागमती पुगेर नुहाएपछि मात्र पशुपतितर्फ लाग्थें’ पशुपति परिसरमा २५ वर्षदेखि यजमानी गर्दै आएका रामेछापकै शेषनाथ आचार्यले भने, ‘हेर्दाहेर्दै वागमतीमा फोहोरको डंगुर थुप्रेपछि विहानको नित्य स्नान बन्द भयो, अहिले त कोठामा पानी भएन भने मन चोखो सम्झँदै पशुपति दौडन्छु ।’

विहान ४ बजे नै उठेर दैनिकी शुरु गर्ने पुरोहित बालकृष्ण सुवेदी पनि मन चोखो बनाएपछि भगवानले माफी दिने बताउँछन् । ‘कोठाको धारामा पानी झर्ने पत्तो हुन्न, भगवानको नाम जप्दै एक गिलास पानीले सारा शरीर पवित्र बनाइन्छ, अरु उपाय छैन’ सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीजस्तै धेरै पण्डितहरुले काठमाडौंको पानीको अभावलाई बुझ्दै काग नुहाइले काम चलाउने हो, बाघले र नागलेजस्तो नुहाउन त गाउँ र्फकनुपर्छ ।’काठमाडौंमा बसेर श्रीमद्भागवत पढ्नेदेखि रुद्री सत्यनारायण लगाउने पण्डितहरु सबैले मनले मात्रै शरीर पवित्र पार्ने गरेका छन् । काकाकुल काठमाडौंसँगै उनीहरुको दैनिकी फेरिएको छ । कुनै बेला दैनिक नुहाएर अघिल्लो दिन लगाएको बस्त्र नफेरे शरीर र आत्मा दुवै अपवित्र ठान्ने पण्डितले नै अहिले भन्न थालेका छन्, ‘आत्मा शुद्ध भएपछि पुग्छ, दिनहुँ नुहाइरहनुपर्दैन ।’

गाउँघरका पण्डितहरु अहिले पनि बिहान ३ बजे उठेर संस्कृतमा मन्त्रोच्चारण गर्दै स्नानका लागि धारातिर दर्गुछन् । काठमाडौंमा भने विहानै दिसा गरेपछि पखाल्ने पानी नपाउने पुरोहितहरुलेे दिनहुँ त्यसरी जिउ पखाल्ने गरेका छैनन् ।पशुपति क्षेत्र मात्र होइन, काठमाडौंका अन्य मन्दिरमा बस्ने पण्डितले पनि हप्तामा एक दिन स्नान गरेर काम चलाउँछन् । अर्थात, पण्डितहरु सबै काग नुहाइले काम चलाउँछन् 

यसरी खिचियो अर्चनाको ‘जीकज्याक जवानी’(भिडियोसहित)

काठमाण्डौको चिसो मौसमलाई आई क्लबभित्र अर्चना देलालाको हट पहिरनले चुनौती दिइरहेको थियो । आइतबार दरबारमार्गस्थित आई क्लबमा अनलाइनखबरको क्यामेरा पुग्दा ‘ढुवानी’ आइटम गर्ल अर्चनाले निक्कै गरम पहिरनमा नृत्य गर्दै थिइन् ।ढुवानी चलचित्रमा ‘छलक छलक’ जवानी छल्काएर चर्चामा आएकी अर्चनाले ‘दमदार’ चलचित्रको एक गीतमा झनै गरम नृत्य गरिन् । चारैतिर पुरुषहरुवीच घेरिएर छोटो पहिरनमा नृत्य गर्न गाह्रो पक्कै थियो । तर, पनि अर्चनाले नृत्यमा कुनै कमजोरी हुन दिइनन् 

।मनिषा पोख्रेलको आवाजमा कमलकृष्णकै शब्द तथा संगीत रहेको गीतले चर्चामा ल्याउने विश्वास आइटम गर्लको थियो । ‘जीकज्याक जवानीमा, छल्किने पानीमा, पौडिने धेरै छन् मेरो मस्त जवानीमा’, गीतले यस्तै भन्दै थियो ।सारा फिल्मस् प्रालिको ब्यानरमा तयार भएको ‘दमदार’ चलचित्रलाई सुमन बिष्ट र चन्द्रप्रकाश गौतमले निर्माण गरेका हुन् । दरबारमार्गको माहोल तताउँदै चलचित्रको छायांकन सकिएको छ । चलचित्रमा रोशन श्रेष्ठको नृत्य, सौरभ लामाको छायांकन, नवराज शर्माको सह-निर्देशन, चन्द्र पन्तको द्वन्द्व छ । यो आइटम गीतलाई भने उदित सापकोटाले खिचेका हुन् ।निर्देशक कमलकृष्णले आइटम गीतले बजारमा धुम मच्चाउने विश्वास व्यक्त गरे । निर्देशकले यसो भनिरहदा अर्चनाको मुहारमा खुशीको मुस्कान देखियो । चलचित्रमा सवीन श्रेष्ठ, रेखा थापा र कमलकृष्णको मुख्य भूमिका छ । चलचित्र पूर्णतया द्वन्द्वप्रधान रहेको निर्माणपक्षले जनाएको छ ।चलचित्रको बाँकी तस्बिर अनलाइनखबर ग्यालरीमा केही समयपश्चात हेर्न सकिनेछ ।

नायिका पाएपछि फ्रान्सका राष्ट्रपतिले छोडे श्रीमती

फ्रान्सका राष्ट्रपति फ्रांसवा ओलांदले आफ्नो श्रीमतीसँगको सम्बन्ध तोडेका छन् । उनकी पत्नी वलेरी ट्रीअलरवेलर यतिबेला भारत भ्रमणमा छिन् । वेलरीको भारत भ्रमणको मौका छोपेर राष्ट्रपतिले यस्तो बताएका हुन् ।ओलांद नायिका जूलीको साथमा नयाँ जीवन सुरु गर्ने तयारीमा छन् । तर यस बिषयमा सोधिएको प्रश्नलाई उनले आफ्नो व्यक्तिगत भनेर छोप्ने कोशिश गरेका छन् ।७ बर्षदेखि वेलरीसँग रहेका राष्ट्रपतिले सम्बन्ध टुटेको घोषणा शनिबार गरेका हुन् । ४१ बर्षकी जूली फ्रान्सकै चर्चित नायिका तथा टेलिभिजन कलाकार हुन् । उनले ५० भन्दा धेरै सिनेमामा काम गरेको बताइन्छ । ओलांद ४ छोराछोरीका पिता हुन् । वेलरी भन्दा अघि पनि उनको एक महिलासँग सम्बन्ध रहेको बताइन्छ ।

Kantipur TV News | नेपाली दैनिक समाचार | January 27, 2014


Watch WWE Royal Rumble 2014 – January 26th 2014




Kantipur Aaja | January 27, 2014


८७ वर्षीय हेफनरलाई तरूनी नङ्ग्याउने चाहना

‘उनको सिनेमा हेरेपछि आफू निकै आकर्षित भएको भन्दै ह्यू हेफनरले ‘प्लेबोई’ म्यागेजिनमा ल्याउन चाहेको खुलाए ।’ विश्वकै चर्चित न्यूड म्यागेजिन ‘प्लेब्वाय’ का संचालक ह्यूले उनको न्यूड दृश्यले आफूलाई आकर्षण गरेको खुलाए ।

‘द वूल्फ अफ द वल स्टि्रट’ की नायिका मार्गोट रोबीको अभिनयले यतिबेला निकै प्रशंसा पाइरहेको छ । हेफनरले उनलाइै प्लेब्वायमा आउन आग्रह गरिएको बताए । अष्ट्रेलियन नायिका मार्गोटले चलचित्रभित्र थुप्रै न्यूड दृश्य दिएकी छिन् । उनको न्यूड शरीर चलचित्रको पर्दामा देखेपछि प्लेब्यायका संस्थापक ह्यू हेफनर जुमुर्राएका हुन् ।

Fear Files Dar Ki Sachchi Tasveerein (26th January)



“नसकिने भो लेडी गागासँग” लेडी गगा को अर्को नया रुप

स्टाइलिस्ट होस् वा फेसनेबल, पछिल्लो समय हलिउड सेलिब्रेटीबीच देखिएको प्रतिस्पर्धा यही हो । अभिनेत्री र सुपर मोडलको त कुरै छाडौ, अहिले गायिकासमेत स्टाइलिस्ट बन्ने प्रतिस्पर्धा चलिरहेको छ । तर, जब स्टाइलको कुरा आउँछ, तब पप स्टार लेडी गागाले सबैलाई माथ खुवाउने गर्छिन् । स्टाइल त गागाका लागि ‘ट्रेडमार्क’ बनिसकेको छ । उनी सधैँ नयाँ र फरक–फरक शैलीको स्टाइल गर्छिन् । त्यसैले अन्य हलिउडे स्टारहरू गागासँग ‘स्टाइल’ प्रतिस्पर्धा गर्न सकिँदैन भन्दै पन्छिन थालेका छन् । यस्तै, गागा अहिले आफ्नो नयाँ स्टाइलका कारण चर्चामा छिन् । अंगप्रदर्शनमा कति पनि कन्जुस्याइँ नगर्ने गागाले आफ्नो आगामी एल्बम ‘डु ह्वाट यु वान्ट’ को प्रोमोसनका दौरान स्टाइलिस्ट फोटोसुट गरेकी छन्, जसमा उनी पूर्र्णतया नग्न छिन् । गागाले आफ्नो शरीर घाँस र पातपतिंगरले मात्र छोपेर फोटोसुट गरेकी छन्, जसलाई उनले ट्विटरमार्फत सेयर गरेकी छन् । आफ्नो प्रशंसक तथा शुभचिन्तकका लागि भनेर ती फोटो सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेको गागाले बताएकी छन् । तर, ती फोटोमा अनेक किसिमका कमेन्ट आउन थालेका छन् । एक जनाले पातले मात्र छोपेको गागाको शरीर देखेर कमेन्ट लेखेका छन्, ‘बरु पातले पनि नछोपेको भए हुन्थ्यो नि !’ त्यस्तै म्याक्स नामका एक गागाका शुभचिन्तकले कमेन्ट गरेका छन्, ‘सकिएन गागासँग । स्टाइलको दुनियाँमा तिमीले सबैलाई माथ खुवायौ ।’ यतिखेर गागाको फोटोसुटले हलिउडमा राम्रै चर्चा पाइरहेको छ । तर, हामी चाहन्छौँ, फोटोले जस्तै गागाको नयाँ एल्बम ‘डु ह्वाट यु वान्ट’ले पनि चर्चा बटुल्न सफल होस्, अग्रिम शुभकामना स्टाइलिस्ट गागालाई । एजेन्सी

Harke Haldar | हाँस्य टेलिशृंखला | January 26, 2014


हावाले क्लाउडियाको लज्जा उडाएपछि के के देखियो त?? (फोटो/भिडियो सहित)

मियामीमा इटालियन मोडल क्लाउडिया रोमानीको पहिरन देखेर सबै अचम्ममा परे । उनी जब दिउँसोको भोजन गर्न उठिन् तब अचानक चलेको तिब्र हावाले ३१ वर्षीया इटालियन मोडलको गाउन उडाइदियो ।

कपडा पटकपटक उडाउने क्रममा उनी त्यसलाई मिलाउन व्यस्त रहिन् । क्लाउडियाको निकै छोटो पोशाकले उनलाई अर्धनग्न महशुस गरायो । उनलाई छोटा कपडाले सुन्दर त देखाएको थियो । तर, अचानकको हावाले उनलाई लज्जित महशुस गरायो ।

फोटोग्राफरले पनि यही मौका छोपे । सामान्यतः फोटोसूट गर्दा पंखा प्रयोग गर्नु परे पनि क्लाउडियाको फोटो खिच्न पंखा आवश्यक परेन । त्यो काम हावाले नै पूरा गरेपछि फोटोग्राफरहरुसमेत मख्ख परेका थिए । एजेन्सी

विदेश श्रीमान भएकी उनि वेपत्ता हुँदा............

प्रेम सुनार गुल्मी ११ माघ । ‘तिमी पारी म वारी कुर्लिने, निस्ते खोला विचैमा उर्लिने .........’ केहि दिन अघि विदेश श्रीमान भएकी गुल्मी छापाहिलेकी महिलाले यस्तो गित गाएकी थिईन् । अनि रिडीको माघे सक्रान्ति मेलामा रुकुमकी चेलीले विदेशमा रहेका प्रेमीलाई सम्झीदै यस्तो गित गाएकी थिईन् –‘चिनो रुमाल दे’कोथ्यौं विदामा, बाँच्नै गाह्रो विछोडको पिडामा..........’ यो गित झट्ट सम्झना आयो जव विदेश श्रीमान भएकी छिमेकी जिल्ला पर्वतकी एक महिला माघ २ गते देखि वेपत्ता भएको समाचार पढ्दा । भर्खर उर्लिदो बैंश । आखिर मन न हो वराली हाल्छ । मन सम्हाल्न नसक्ने कतिपयको धै¥याताको बाँध पनि भ्वास्सै फुटि हाल्छ, खाएका बाचा कसम पनि च्वाट्टै टुटी हाल्छ ।

यो लगनको महिना भर्खर विवाह भएका नव जोडीहरु जिस्कीदै हिँड्छन् बाटो–घाटोमा । उनको पनि १४ महिना अघि मात्र विवाह भएको थियो तर विवाह गरेर ल्याए लगत्तै श्रीमान लागे विदेश तिर ।भर्खर बसेको माया, भर्खर महशुस हुँदै गरेको जिज्ञाषा........उनले विहान पख अन्तिम स्पर्श गर्दै छोडेर विदेश हिँडेपछि, न जानु है भन्न पनि सकिनन् र न सासु न ससुरालाई रोक्न लगाउन आग्राह गर्न सकिनन् । उनि अर्थात पर्वतको शंकर पोखरी गाविस वडा नम्वर ९ खलडाँडाकी बिमला सुवेदी च्वाई ।माघे सक्रान्ति चाड आयो झन निरासा ल्यायो । त्यसको अर्को दिन उनि घरबाट एकाएक बेपत्ता भईन् । उनि बेपत्ता हुनुको कारण अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । श्रीमान रुद्रप्रसाद च्वाई १४ महिना अघि विदेश ह्डिदा के के न सपना साँचेका थिए ति दम्पत्तिले । थाह छैन खै उनलाई के भयो ? कहाँँ गईन उनि वा कसैले बेपत्ता पा¥यो ? प्रहरीले उनका ससुरा दुर्घाप्रसाद सुवेदी च्वाई लगायतका ४ जनालाई नियन्त्रणमा लिई सोध पुछ गरेर छाडेको बताएको छ ।नेपाली युवाहरुको यो विवसता, विदेश नगई पनि भएको छैन गए पछि कमाई भन्दा वढि क्षति ब्यहोर्नु पर्ने । यस्ता घटनालाई सम्झीदा भो भयो अव सवै फर्क स्वदेश भन्न मन लाग्छ । अनि तिनै रुकुमेली चेली र गुल्मी छपहिले गाउँकी चेलीले गित मार्फत ब्यक्त गरेको विदेशमा रहेका श्रीमानप्रतिको विलौना गुनगुनाउन मन लाग्छ । तपाई पनि गुनगुनाउने कि ? सुन्ने, गुनगुनाउने भए यसै साथ राखेका छौं ।

सेक्सी स्क्रायटलेट भन्छिन् ‘पोर्न मूभी केटा र केटीका लागि नै लाभदायक’

हलिउड नायिका स्क्रायटलेट जोनसनलाई पोर्न मूभी सामान्य लाग्न थालेको छ । उनलाई पोर्न मूभि हेर्दा निक्कै आनन्द आउने गरेको खुलासा स्वयंम उनले नै गरेकी छिन् ।एक चर्चित म्यागेजिनका लागि अन्र्तवार्ता दिने क्रममा उनले भनेकी छिन्, ‘पोर्न मूभि केटा र केटी दुबैका लागि नै लाभदायक छ ।’ तर यस्ता खालका सिनेमा लामो समयसम्म हेर्न नहुने तर्क गरेकी छिन् । उसो त पहिले जोनसनले यस्तो तर्क गरेको खासै सुनिएको थिएन ।

Image TV News | नेपाली दैनिक समाचार | January 26, 2014


एक सभासद् जसलाई राष्ट्रपतिको नामसमेत थाहा छैन

समानुपातिक निर्वाचन प्रणालीले देशमा विचित्र विचित्रका सभासद् पैदा गरिरहेको छ । संविधान निर्माणजस्तो जटिल दायित्व निर्वाह गर्ने जिम्मेवारी बोकेका थुप्रै सभासद्मा संविधानको विज्ञता त छाडौँ आधारभूत ज्ञानसमेत पाइँदैन । त्यसमा पनि केही सभासद् त पराकाष्ठा नै छन् । 

देशको राष्ट्रप्रमुखको समेत नाम थाहा नभएका व्यक्ति सभासद् छन् भनेर पत्याउन गाह्रै पर्छ । तर, राप्रपा नेपालकी सभासद् श्रीकान्ती पासीलाई न देशको राष्ट्रप्रमुखको नाम थाहा छ, न सरकारप्रमुखको । संविधान लेख्न कस्सिएर पहिलोपटक कपिलवस्तुबाट काठमाडौं आएकी यी ‘पानवाली’लाई संविधान भनेको के हो भन्ने नै थाहा छैन । तर, आफू संविधान बनाउन आएकी हुँ भन्नेचाहिँ थाहा छ ।राप्रपा नेपालकै एक नेतामार्फत सम्पर्कमा आएकी पासीमा राजनीतिको सामान्य ज्ञान पनि नभएको पाइयो । अन्तर्वार्ताका लागि उनको मोबाइल नम्बरमा सुरुमा सम्पर्क गर्दा पासीले कुराको मेसो पाइनन् र सँगै रहेका एक पुरुषलाई फोन दिइन् । ती पुरुष पासीसँग एउटै फ्ल्याटमा बस्ने अर्की सभासद् धानु महराका पति रामआशिष महरा रहेछन् । उनले नै अन्तर्वार्ताको समय मिलाइदिए ।

तोकिएको समयमा मैजुबहालस्थित उनको फ्ल्याटमा फोटोपत्रकार सतिश पोखरेलसहित पुगियो । ढक्ढकाएको निकैबेरपछि मात्रै ढोका खुल्यो । ढोका खोल्ने उनै सभासद् पासी रहिछन् । उनले हामीलाई नियालेर हेरिन्, तर केही बोलिनन् । हामीले आफूहरू पत्रकार भएको र अन्तर्वार्ताका लागि आएको बताउँदा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् । कुरा नबुझेको महसुस गरेर हामीले भन्यौँ, ‘तपाईंको फोटो खिच्न आएको, पत्रिकामा छाप्न ।’तैपनि उनले भित्र जान आग्रह नगरेपछि हामी आफैँ अगाडि लाग्यौँ । सो फ्ल्याटमा चार कोठा रहेछन् । हामी पसेको कोठाभित्र एक थान बेड थियो भने एक छेउमा केही धार्नी आलु बिस्कुन लगाइएको थियो । गाउँबाट ल्याइएका चामल, तेललगायत अन्य सामग्री पनि थिए । पासीले उभिएर फोटोका लागि पोज दिइन्, पहिलोपटक हाँसिन् दाँत देखाएर ।सोही फ्ल्याटमा बस्ने राप्रपा नेपालकै अर्की सभासद् धानु महराको प्रवेश भयो । उनी अलि टाठी देखिन खोज्दै थिइन् । क्यामरा देखेपछि उनलाई के लाग्यो कुन्नि, सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धी जसरी क्यामराअघि हात जोड्दै आफ्नो परिचय दिन थालिन् । ‘नमस्कार, म धानु महरा । घर सिन्धुली । राप्रपा नेपालकी सभासद् । अहिले संविधान लेख्न काठमाडौं आएकी छु...।’ धानुको ‘सक्षिप्त परिचय कार्यक्रम’ सकियो । यतिन्जेलमा कोठाभित्र अरू एक–दुईजना थपिएका थिए ।

अब सुरु भयो पासीको अन्तर्वार्ता । पहिलो प्रश्न सोधियो, ‘तपाईं राजनीतिमा कसरी आउनुभयो ?’ उनको मुख खुलेन । ‘तपाईं संविधानसभामा के–के एजेन्डा लैजाँदै हुनुहुन्छ ?’ दोस्रो प्रश्नमा पनि पासी बोलिनन् । तपाईंलाई नेपालका राष्ट्रपतिको नाम थाहा छ ? बल्ल मुख खोलिन्, ‘थाहा छैन ।’ अनि प्रधानमन्त्री र मन्त्रीहरू कतिजनाको नाम थाहा छ ? उनले ‘कसैको पनि थाहा नभएको’ बताइन् ।पासीलाई आफ्नो पार्टीको नाम भने कण्ठ रहेछ । कुन पार्टीबाट सभासद् हुनुभएको हो भन्ने प्रश्नमा तत्कालै भनिन्, ‘राप्रपा नेपाल ।’ त्यसपछि फेरि ‘थाहा छैन’ शृंखला सुरु भयो ।

भारतमा गणतन्त्र दिवस मनाइँदै

१२ माघ, काठमाडौं । आज भारतमा ६५ औं गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा यो दिवस मनाउने गरिएको हो ।भारतको ६५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बधाई दिएका छन् ।राष्ट्रपति डा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भारतका प्रधानमन्त्री डा मनमोहन सिंहलाई छुट्टाछुट्टै सन्देश पठाई नेपाल र भारतबीच रहेको सदियौं पुरानो सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।सन्देशमा दुवैजनाले भारतीय जनताको प्रगति र समृद्धिको कामना पनि गरेका छन् । गणतन्त्र दिवसका अवसरमा लैनचौरस्थित भारतीय दूताबासले पनि विविध कार्यक्रम गर्ने भएको छ ।यसैबीच, अस्ट्रेलियाको राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्यहाँका गभर्नर जनरल र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई दिएका छन् ।राष्ट्रपति डा यादवले अस्ट्रेलियाका गभर्नर जनरल क्विन्टिन एलिस लुइज ब्राइस र मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले त्यहाँका प्रधानमन्त्री टोनी एब्बोटलाई पठाएको सन्देशमा दुबै नेताको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको प्रगति र समृद्धिको कामना गरेका छन् । रासस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More