BICITRA KHABAR

BICITRA KHABAR

बिबाह गर्ने आश देखाएर बेश्यालयमा बेचियो

नुवाकोट, ‘बिहे गर्छु भन्दै बर्षौँ सम्म यौनशोषण गर्‍यो, आखिर कोठीमा लगेर बेच्यो’ दुई वर्षअघि दलालको फन्दामा पर्दा भारतको बेश्यालयमा बचिएर फर्केकी एक दलित महिलाले बुधवार सदरमुकाम विदुरमा आफूले भोगेको दुखान्त बेदना यसरी पोखिन् ।

आजको नेपाल समाचार पत्र दैनिकमा रहेको एक खबरमा जनाइए अनुसार श्रीमान विदेश गएको मौका छापेर देखावटी सहयोग गर्दै मलाई झुटो मायाजालमा फसायो, सुन्दरादेवी गाविस बडा नम्बर १ नौविसे गाउँकी फूलमाया नेपाली (नाम परिवर्तन)ले आफू बेचिएको घटना बेलिविस्तार गर्दै भनिन्-’पैसैका लागि उसले ममाथि दलाली गरेर मेरो परिवार नै विचल्ली बनाएर छाड्यो ।’गाउँकै छिमेकी युवा बुद्धिबहादुर तामाङले फूलमायालाई दुई वर्षअघि भारतको पुनामा पुर्‍याएर विक्री गरेका थिए । त्यसवखत उनका श्रीमान बैदेशिक रोजगारका सिलसिलामा अरबमा मजदुरी गर्दै थिए । गरिवीका कारण श्रीमान् विदेशिएपछि तामाङले दुई नाबालक छोरा र एक छोरीकी आमा फूलमायालाई उपचार गर्न ल्याउने र अन्य सहयोगीका रुपमा हिमचिम बढाएका थिए ।श्रीमान विदेशिएदेखि नै विभिनन आर्थिक प्रलोभन र समाजमा देखावटी सहयोगी बनेर बेच्ने योजना बुन्दै आएका बुद्धिबहादुर २०६८ सालको कात्तिक २७ गते उनलाई भारतमा विक्री गरेका हुन् । ‘मेरा श्रीमान् विदेश गएपछि मलाई हेरविचार गर्ने तथा उपभार गर्न लैजाने र घरायसी काममा सहयोग गरिरहन्थ्यो, फूलमायाले भनिन्,-सहयोगीका रुपमा विश्वास गर्दा कोठीमा दुई वर्ष नारकीय जीवन भोग्नुपर्‍यो । ‘सधैँजसो बजार जाने र घरमा पनि अनेक बहानामा आफूलाई बुद्धिवहादुरले यौनशोषण गर्ने गरेको उनले बताइन् । पहिलो देखि नै चिनजान भएकाले बुद्धिवहादुरले भारत पुर्‍याउन चारमहिनाअघि देखि पटक पटक फोन गर्ने र श्रीमान नभएको समयमा गर्ने घरायसी सहयोगवाट आफूलाई फसाएको फूमायाको दावी गरेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More