BICITRA KHABAR

BICITRA KHABAR

विदेश श्रीमान भएकी उनि वेपत्ता हुँदा............

प्रेम सुनार गुल्मी ११ माघ । ‘तिमी पारी म वारी कुर्लिने, निस्ते खोला विचैमा उर्लिने .........’ केहि दिन अघि विदेश श्रीमान भएकी गुल्मी छापाहिलेकी महिलाले यस्तो गित गाएकी थिईन् । अनि रिडीको माघे सक्रान्ति मेलामा रुकुमकी चेलीले विदेशमा रहेका प्रेमीलाई सम्झीदै यस्तो गित गाएकी थिईन् –‘चिनो रुमाल दे’कोथ्यौं विदामा, बाँच्नै गाह्रो विछोडको पिडामा..........’ यो गित झट्ट सम्झना आयो जव विदेश श्रीमान भएकी छिमेकी जिल्ला पर्वतकी एक महिला माघ २ गते देखि वेपत्ता भएको समाचार पढ्दा । भर्खर उर्लिदो बैंश । आखिर मन न हो वराली हाल्छ । मन सम्हाल्न नसक्ने कतिपयको धै¥याताको बाँध पनि भ्वास्सै फुटि हाल्छ, खाएका बाचा कसम पनि च्वाट्टै टुटी हाल्छ ।

यो लगनको महिना भर्खर विवाह भएका नव जोडीहरु जिस्कीदै हिँड्छन् बाटो–घाटोमा । उनको पनि १४ महिना अघि मात्र विवाह भएको थियो तर विवाह गरेर ल्याए लगत्तै श्रीमान लागे विदेश तिर ।भर्खर बसेको माया, भर्खर महशुस हुँदै गरेको जिज्ञाषा........उनले विहान पख अन्तिम स्पर्श गर्दै छोडेर विदेश हिँडेपछि, न जानु है भन्न पनि सकिनन् र न सासु न ससुरालाई रोक्न लगाउन आग्राह गर्न सकिनन् । उनि अर्थात पर्वतको शंकर पोखरी गाविस वडा नम्वर ९ खलडाँडाकी बिमला सुवेदी च्वाई ।माघे सक्रान्ति चाड आयो झन निरासा ल्यायो । त्यसको अर्को दिन उनि घरबाट एकाएक बेपत्ता भईन् । उनि बेपत्ता हुनुको कारण अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । श्रीमान रुद्रप्रसाद च्वाई १४ महिना अघि विदेश ह्डिदा के के न सपना साँचेका थिए ति दम्पत्तिले । थाह छैन खै उनलाई के भयो ? कहाँँ गईन उनि वा कसैले बेपत्ता पा¥यो ? प्रहरीले उनका ससुरा दुर्घाप्रसाद सुवेदी च्वाई लगायतका ४ जनालाई नियन्त्रणमा लिई सोध पुछ गरेर छाडेको बताएको छ ।नेपाली युवाहरुको यो विवसता, विदेश नगई पनि भएको छैन गए पछि कमाई भन्दा वढि क्षति ब्यहोर्नु पर्ने । यस्ता घटनालाई सम्झीदा भो भयो अव सवै फर्क स्वदेश भन्न मन लाग्छ । अनि तिनै रुकुमेली चेली र गुल्मी छपहिले गाउँकी चेलीले गित मार्फत ब्यक्त गरेको विदेशमा रहेका श्रीमानप्रतिको विलौना गुनगुनाउन मन लाग्छ । तपाई पनि गुनगुनाउने कि ? सुन्ने, गुनगुनाउने भए यसै साथ राखेका छौं ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More