९ माघ, इस्लामावाद – पाकिस्तानको उत्तर-पश्चिमी आदिवासी जिल्लामा पाकिस्तानी सैनिकले गरेको कारबाहीमा कम्तीमा पनि ३६ विदेशीसहित ४० आतंककारीको मृत्यु भएको छ ।कारबाहीमा तालिवान समूहका प्रमुख कमान्डरहरूको पनि मृत्यु भएको दाबी गरिएको छ । अफगानिस्तानको सीमाक्षेत्रमा पर्ने उत्तरी वाजिरिस्तानमा मंगलबार गरिएको कारबाहीमा प्रमुख तालिवान कमान्डरहरू, ३३ उज्बेक र तीन जर्मन नागरिकको मृत्यु भएको छ ।प्रतिबन्धित समूह तेहरिक ई तालिवान पाकिस्तानका प्रमुख कमान्डर बाली मोहमद, इजमात सहिन बत्नी, नुर वादशाह र माउल्भी फर्हाद उज्बेक पनि मारिएका छन् । विदेशी आतंककारीको विस्तृत विवरण दिइएको छैन । पाकिस्तानको उत्तर-पश्चिम बान्नु सहरमा गत आइतबार तालिवानले गरेको आत्मघाती आक्रमणमा केही सैनिकसहित २३ को मृत्यु भएको थियो ।रावलपिण्डीमा सोमबार भएको आक्रमणमा ८ सैनिक र ३ बालबालिकासहित १३ व्यक्तिको मृत्यु भएको थियो । पाकिस्तानी सैनिकलाई लक्षित ती दुवै आक्रमणको जिम्मेवारी तेहरिक ई तालिवान पाकिस्तान (टीटीपी)ले जिम्मा लिएको थियो । (सिन्ह्वा )