BICITRA KHABAR

BICITRA KHABAR

‘नाई नभन्नु ल —२’ को गीत रिलिज, बालबालिकाको मनै छुने प्रेम(भिडियो)

गीतले मन छुन्छ, आनन्दित बनाउँछ अनि मात्र सफल हुन्छ । चलचित्र ‘नाई नभन्नु ल’ का गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको केही वर्ष मात्र भयो । निर्देशक विकास आचार्य अब फेरि दर्शकलाई यस्तै गीतहरुबाट आकर्षित गर्न तयार छन् । चैत्र २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल २’ को ‘यी आँखामा तिमी छौ’ बोलको गीत सार्वजनिक गरिएको छ । वसन्त सापकोटाको संगीत, डा. कृष्णहरि बरालको शब्द रहेको यो गीतमा प्रेम परियारले स्वर दिएका छन् । गीतमा अनुभव रेग्मी र सुज्ञानीले अभिनय गरेका छन् । ‘चलचित्रका मुख्य हिरो नै अनुभव हुन्’, विकास आचार्यले भने । चलचित्रमा यी दुई बाल कलाकारको साथमा सरोज खनाल, सुरज सिंह ठकुरी, जीवन लुँइटेल, सिताराम कट्टेल, प्रियंका कार्की, बर्षा शिवाकोटीको मुख्य भूमिका छ । चलचित्रका सबै गीत उत्कृष्ट बनेकाले पनि यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । यसअघि पनि विकासका सिनेमा चल्नुमा गीतसंगीतको महत्वपूर्ण साथ थियो । विकास आचार्य र दिनेशकुमार पोख्रेलले मिलेर यो फिल्म बनाएका हुन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More