BICITRA KHABAR

BICITRA KHABAR

पूर्व लडाकु भन्छन् ‘यस्तो होला भन्ने थाहा भएको भए बन्दुक हैन, जुठा भाँडा समाउँथ्यौँ’

चितवन, ११ माघ । ‘युद्धका बेला, सेनाको पोशाक, काँधमा बन्दुक, खुट्टामा गमबुट लगाएर छापामार भएर घर्याप, घर्याप जंगल थर्किने गरि खुट्टा बजाथ्र्यौ । त्यो जोशमा अब देश हाम्रै हो भन्ने लाग्थ्यो । जिल्ला, नाका, ईलाका, सेना, प्रहरीका चौकी कति जिते कति । सरकारी सेना प्रहरीलाई चित खुवाउँदा अब देश हाम्रै हो झै महसुस हुन्थ्यो ।

युगले कोल्टे फेर्छ । सर्वहारा वर्गको सत्ता र राज्यको सुख भोगचलन गर्न पाईन्छ । कोही गरिब र कोही धनी हुन्नन् । न त सुकुम्वासी र हुकुम्वासी हुन्छन् । सबैका घर उस्तै । काम उस्तै । सबै बराबर । यही लालसाले बन्दुक, बम अनि बारुदका गोलासँग पैंठेजोरी खेल्यौं । कति साथी बम र बन्दुकले रगतपच्छे मृत्युको मुखमा परेको देखियो । कति अपांग अनि घाईते भए ।’ 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More