BICITRA KHABAR

BICITRA KHABAR

छ एकान छ फिल्म यूट्यूबमा अपलोड गर्ने सन्दिप प्रहरी फन्दामा

पाइरेसीको खबर संचारमाध्यममा फैलिएपछि यसले खुबै चर्चा पायो । यूट्यूबमा हालिएको ‘छ एकान छ’ को करिब ५० मिनेटको दृश्य भने अहिले हटाइएको छ । प्रहरीले अनुसन्धान थालेपछि सिनेमाको करिब ५० मिनेटको अस्पष्ट दृश्य हटाइएको हो । यसैबीच यूट्यूबमा भिडियो अपलोड गर्ने सन्दीप मगरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ । उनलाई अहिले हनुमानढोका प्रहरीले बयान लिइरहेको निर्माता तथा नायक दीपकराज गिरीले जानकारी दिए । उनी करिब २० बर्षको रहेको बताइएको छ । गिरीले पत्रकार सम्मेलन गरेर सबै कुराको  जानकारी गराउने बताए । पौष २६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको यो हाँस्य सिनेमाले १ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More