BICITRA KHABAR

BICITRA KHABAR

यिनै युवक हुन जसले कलिवूड मा सन् सनी मच्चाए !!! हेर्नुहोस भिडियो सहित !!!

छ एकान छ’ युट्यूवमा राख्नेलाई माफी
काठमाडौ, माघ १३ – चलचित्र ‘६ एकान ६’ को दृश्य मोवाइमा खिचेर युट्यूबमा अपलोड गर्ने युवकले माफी पाएका छन् ।चलचित्रको ४० मिनेट लामो क्लिप युट्युबमा अपलोड गर्ने १९ बर्षे सन्दिप मगरलाई दुई रात महानगरीय प्रहरी प्रभाव हनुमानढोकामा राखेपछि निर्माताहरुले माफी दिएका हुन् ।‘अन्जानमा उसले गल्ती गरिहाल्यो, त्यसको सजायँ दिएर अर्को गल्ती नहोस् भनेर माफी दिएका हौं’ निर्माता दीपकराज गिरीले भन्नुभयो ‘कलेज पढ्दै गरेको किशोरको भविष्य सोचेर माफी दिएका हौं ।’चलचित्रको पाइरेसी गरेबापत पचास लाख क्षतिपुर्ति र जेल सजायँ दुबै हुनुपर्ने माग गर्दै महानगरिय प्रहरी प्रभाग हनुमानढोकामा उजुरी दिएका निर्माताद्धय दीपक र दीपाश्री निरौलाले मानवताको नाताले सन्दिप विरुद्धको उजुरी फिर्ता लिएका छन् ।
सिद्धार्थ एकेडेमीमा १२ कक्षामा पढ्दै गरेका सन्दीपले कसैको आग्रह पूर्वाग्रहमा नभई आफै युट्यूवमा अपलोड गरेको बताए । ‘सजायँ हुन्छ भन्ने थाहा पाएको भए यस्तो गर्ने थिइन । फिल्म खिचेर अपलोड गर्दा प्रहरी पक्रन्छ भन्ने थाहा थिएन ।’ मगरले अबदेखि यस्तो नगर्ने पनि बताएका छन् ।वरिष्ठ प्रहरी उपरीक्षक विजय कायस्थका अनुसार साइवर क्राइम अन्र्तगत पाइरेसी गर्नेलाई एक लाखसम्मको जरिवाना र पाँच बर्षसम्मको जेल सजायँ हुने कानुनी प्रावधान छ । उहाँले भन्नुभयो ‘दुईपक्षबिच सम्झौता भएपछि यो केसलाई यही मिलाइएको हो ।’साइवरबाट अपलोड गरिएको त्यस भिडियोको २० एमवी डाटा रहेको थियो । भिडियो अपलोड भएसँगै प्रहरीको खोजीमा रहेका मगरलाई शुक्रबार विहानै प्रहरीले पक्राउ गरेर हनुमान ढोकामा ल्यायो । युट्यूवबाट शुक्रवार दिउँसो फिल्मको भिडियो हटाउनु अघिसम्म ३५ हजारले भिजिट गरिसकेका थिए ।४० मिनेट लामो चलचित्रको क्लिप  युट्यूवमा अपलोड गरिएपछि चलचित्र निर्माण पक्षलाई निकै तनाब झेल्नु परेको थियो । विशेष गरेर विदेशमा चलचित्र प्रर्दशनको सम्झौतालाई यस्ले निकै असर गरेको निमात्री दिपाश्री निरौला बताउँछिन् । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More