काठमाडौ। नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सभासद गगन थापाले शनिवार सांसद कार्यालय शुभारम्भ गरेका छन् । क्षेत्र नम्वर ४ का सभासद थापाले संविधानसभाको चुनावको बेलामा मतदाताहरु माझ गरेको प्रतिवद्धता अनुरुप सांसद कार्यालय शुभारम्भ गरेका हुन्।
सभासद थापाले काठमाडौं क्षेत्र नम्बर चार अन्तर्गत काठमाडौं सिफल नजिक कार्यालय स्थापना गरिसकेका थिए । यसरी सांसद कार्यालय खोल्ने गगन संभवत पहिलो सभासद हुन् । उनले सो क्षेत्रमा भारी अन्तरले चुनाव जितेका थिए ।