परिवारमा नयाँ सदस्यको आगमन हरेक परिवारका लागि खुसीको क्षण हुन्छ । धेरैसँग लागि अस्पताल गएर सहज रुपमा सन्तान जम्माएको अनुभव होला । तर, उत्तर भारतको लद्दाखका आमाहरुको कथा भिन्न छ ।
दैनिक ८ घण्टासम्म हिडेर नवौं दिनमा चिकित्सक सुविधासम्म पुग्नु एक आमाका लागि कति संघर्षपूर्ण होला ? संर्घष यतिमै सकिन्न । आमा बनेपछि भर्खरै जन्मिएको शिशुलाई टोकरीमा राखेर माइनस ३५ डिग्री सेल्सियस चिसोमा ९ दिनसम्म हिडेर घर पुग्नु पर्र्छ ।
फाटो पत्रकार टिम भोल्मरले तस्वीर ती दुःखी आमाहरुको कथा उतारेका छन् । लद्दाखको एक परिवारले ११ हजार १२३ फीट उचाइमा रहेको हिउँले ढाकिएको नदी किनारमा गरेको संघर्षपूर्ण यात्रा तस्वीरमा समेटिएको छ । नदीको गति तिब्र भएपछि किनारमा भने हिउँ जमेको हुन्छ, जहाँको तापक्रम माइनस ३५ डिग्रिसम्म झर्छ ।