विजुलीको सामान्य करेन्ट त तपाइँ हामीलाई पनि लाग्छ । कतिपय अवस्थामा करेन्ट लागेर घाइते भएको र ज्यानै समेत गएको पनि सुनेका छौं । तर एक पुरुषलाई करेन्ट लागेर आँखा नै ताराको आकारको भएको तथ्य लाइभसाइन्सले प्रकाशित गरेको छ । ४२ वर्षिय ति पुरुषलाई १४०० भोल्टको करेन्ट लागेपछि उनको शरीर र खासगरी आँखा सम्बद्ध अप्टिक नर्भ पुरै क्षतिग्रस्त हुन पुगेको थियो । केही हप्ता सम्म उनलाई दृष्टीमा समस्या भएको थियो तर विस्तारै उनका आँखा ताराको जस्तो आकारमा विकाश भएर गए । चिकित्सकहरुले उनका आँखा कसरी तारा जस्ता भए भन्ने विषयमा यसै भन्न नसकिने बताएका छन् ।