रामचन्द्र नेपाल ९ माघ, क्वालालम्पुर । मलेसियाले अवैधानिक कामदारविरुद्ध देशव्यापी धरपकड थालेको पहिलो दिन मंगलवार मात्र नेपालीसहित पन्ध्र सयभन्दा धेरै अबैधानिक विदेशी कामदार पक्राउ परेका छन् ।क्वालालम्पुर, मलक्का लगायतका विभिन्न क्षेत्रबाट कामदारहरू पक्राउ गरिएको हो । मंगलवार राती क्वालालम्पुरको चौगेटबाट ३० नेपाली र मलक्काबाट केही नेपाली पक्राउ गरिएको यहाँको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।सोमबार अभियान थाल्नु केही घन्टाअघि मात्रै नेपालीको जमघट हुने स्थान कोतारायबाट झन्डै डेढसयको संख्यामा गैरकानुनी विदेशी कामदार पक्राउ परेका थिए । त्यहाँ कति नेपालीहरु पक्राउ परे भन्नेबारे थप खुलाइएको छैन् ।
नेपाली राजदूतावासले पक्राउ परेका नेपालीवारे औपचारिक जानकारी प्राप्त नभएको वताएको छ । राजदूत निरञ्जनमानसिंह बस्न्यातले अनलाइनखबरसँग भन्नुभयो-’औपचारिक जानकारी आएको छैन, अहिल्यै केही भन्न सकिन्न ।’सुनसान जमघटस्थलघरपकडको प्रभाव नेपालीहरु जम्मा हुने स्थानहरुमा पनि परेको छ । नियमित जस्तो भिड हुने क्वालालम्पुरको कोताराय, पेनाङको वुकित मर्तजाम,जोहोरवारुको जोहोरवारु सेण्टरमा नेपालीहरु न्यून सख्यामा देखिन थालेको त्यहाँस्थित नेपालीहरुले जानकारी दिएका छन् ।
वैधानिक भएकाहरु समेत प्रहरीको फन्दामा परिने डर र त्रासले वाहिर निस्कन सकिरहेका छैनन् । कतिपय कम्पनीहरुले श्रमिकहरुलाई कम्पनी र होस्टलभन्दा वाहिर नजान र गएमा त्यसको जिम्मेवारी आफै हुने चेतावनी दिएका कारण पनि श्रमिकहरु वाहिर निस्कन छाडेका हुन ।
होष्टल र कम्पनीबाट निकालिए
यसैवीच कतिपय कम्पनीहरुले आफुले राखेको अवैधानिक कामदारहरुलाई काम दिन र कम्पनीको होस्टल छाड्न अनुरोध गरेपछि नेपाली श्रमिकहरु विचल्लीमा पर्न शुरु भएको छ ।धरपकड शुरु हुनु अघिसम्म नेपाली दूतावासले हप्तामा ८० जनालाई पुत्राजया इमिग्रेसनमा लगेर आउट पासको व्यवस्था मिलाउने गरेकोमा केही सयम रोकिएको छ । इम्रिगेसनले नै केहि समयको लागि रोक्न अनुरोध गरेको वताइएको छ ।‘भिडभाडले गर्दा रोकेका हुन सक्छन, हामिले त्यहाँका अफिसरसँग कुराकानी गरिरहेका छौ’ दूतावासका एक कर्मचारीले भने-’पहिलेको भन्दा पनि धेरैलाई आउटपास दिलाउने ब्यवस्थामा लागेका छौं ।’ आउट पास पाउन पालो कुरेर वसिरहेको संख्या करिव २५ सय जति छ ।
दूतावासमा सयौंको भीड
मलेसिया सरकारले अबैधानिक बिदेशी कामदारलाई पक्राउ गर्ने तयारी थालेपछि यहाँस्थित नेपाली राजदूतावासले आइतवार पनि कार्यालय खोलेर ट्राभल डकुमेन्ट बितरण गर्न थालेको छ ।आइतवार मात्रै ४ सय ७० वितरण गरिएको थियो भने सोमवार यो संख्या तीन गुणा वढेको र राति २ बजेसम्म ट्राभल्स डकुमेण्ट वितरण गर्नु परेको दुतावासले जनाएको छ । ट्राभल डकुमेण्ट लिनेको चाप निकै वढेपछि अरु कामकाजमा समेत त्यसको प्रभाव परेको छ । दूतावासवाट गरिने कामदार मागको प्रमाणिकरण २४ तारिखसम्मका लागि रोकिएको छ ।मलेसियाले यात्रा अनुमतिपत्र र घरफिर्ति टिकट लिइसकेकालाई पक्राउ नगर्ने भने पनि घर र्फकनुअघि अध्यागमनमा बुझाउनुपर्ने जरिवाना रकमबारेमा केही जानकारी आई नसकेको नेपाली दूतावासले जनाएको छ ।
पक्रिने डरले दूतावास पुग्नै समस्या
यता क्वालालम्पुर नजिकै रहेको अवैधानिक नेपाली श्रमिकहरुले ट्राभल डकुमेण्ट वनाईरहदा जोहोरबारु, पेनाङ, क्वामरुन हाइलैण्ड, मुहार, क्वान्तान जस्तावाट ठाउँवाट नेपाली श्रमिकहरु दूतावास सम्म आउन सकिरहेका छैनन् । वाटो-वाटोमा चेकिङ भैरहेको कारण उनीहरु वाटैमा समातिने डरले दूतावाससम्म आउन नसकेका हुन् ।