BICITRA KHABAR

BICITRA KHABAR

यसरी खिचियो अर्चनाको ‘जीकज्याक जवानी’(भिडियोसहित)

काठमाण्डौको चिसो मौसमलाई आई क्लबभित्र अर्चना देलालाको हट पहिरनले चुनौती दिइरहेको थियो । आइतबार दरबारमार्गस्थित आई क्लबमा अनलाइनखबरको क्यामेरा पुग्दा ‘ढुवानी’ आइटम गर्ल अर्चनाले निक्कै गरम पहिरनमा नृत्य गर्दै थिइन् ।ढुवानी चलचित्रमा ‘छलक छलक’ जवानी छल्काएर चर्चामा आएकी अर्चनाले ‘दमदार’ चलचित्रको एक गीतमा झनै गरम नृत्य गरिन् । चारैतिर पुरुषहरुवीच घेरिएर छोटो पहिरनमा नृत्य गर्न गाह्रो पक्कै थियो । तर, पनि अर्चनाले नृत्यमा कुनै कमजोरी हुन दिइनन् 

।मनिषा पोख्रेलको आवाजमा कमलकृष्णकै शब्द तथा संगीत रहेको गीतले चर्चामा ल्याउने विश्वास आइटम गर्लको थियो । ‘जीकज्याक जवानीमा, छल्किने पानीमा, पौडिने धेरै छन् मेरो मस्त जवानीमा’, गीतले यस्तै भन्दै थियो ।सारा फिल्मस् प्रालिको ब्यानरमा तयार भएको ‘दमदार’ चलचित्रलाई सुमन बिष्ट र चन्द्रप्रकाश गौतमले निर्माण गरेका हुन् । दरबारमार्गको माहोल तताउँदै चलचित्रको छायांकन सकिएको छ । चलचित्रमा रोशन श्रेष्ठको नृत्य, सौरभ लामाको छायांकन, नवराज शर्माको सह-निर्देशन, चन्द्र पन्तको द्वन्द्व छ । यो आइटम गीतलाई भने उदित सापकोटाले खिचेका हुन् ।निर्देशक कमलकृष्णले आइटम गीतले बजारमा धुम मच्चाउने विश्वास व्यक्त गरे । निर्देशकले यसो भनिरहदा अर्चनाको मुहारमा खुशीको मुस्कान देखियो । चलचित्रमा सवीन श्रेष्ठ, रेखा थापा र कमलकृष्णको मुख्य भूमिका छ । चलचित्र पूर्णतया द्वन्द्वप्रधान रहेको निर्माणपक्षले जनाएको छ ।चलचित्रको बाँकी तस्बिर अनलाइनखबर ग्यालरीमा केही समयपश्चात हेर्न सकिनेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More