चितवन, पोखराबाट बर्दियाको कोठियाघाट जान आउँदै गरेको ग१ख ४५०१ नं को यात्रुबाहक बस गए राति ९ बजे नारायणगढ–मुग्लिन सडक खण्डको कविलास–५ स्थित सेतीदोभानबाट करिब १ सय मिटर तल त्रिशूली नदीमा खसी दुर्घटनामा परेको छ । दुर्घटनामा २५ यात्रु घाईते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार राति १० बजेसम्म १५ घाइतेलाई उद्धार गरी भरतपुर अस्पतालमा पठाइसकिएको छ । अन्य घाइतेको मुग्लिनस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस त्रिशूलीमा खस्दा २५ घाईते ।