BICITRA KHABAR

BICITRA KHABAR

तान्जानियामा ६ जना नेपाली कामदार पक्राउ

तान्जानिया । अफ्रिकी मुलुक तान्जिनियाको अध्यागमन कार्यालयले ६ जना नेपाली कामदारलार्इ पक्राउ गरेको छ ।
राम्रो रोजगारी उपलब्ध गराउने प्रलोभन देखाएर युगान्डास्थित चक्रबहादुर भट्टराई भन्ने एजेन्टले उनीहरुलाई नेपालबाट भारत, केन्या, युगान्डा हुँदै चार दिन अघि तान्जानिया पुर्याएको थियो । तान्जानिया पुगेको चार दिनमै तान्जिनियाको अध्यागमनले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बासुदेव तिमिल्सेना लगायत ६ जना नेपाली कामदार रहेका छन् । उक्त घटनाबारे जानकारी आएपछि एनआरएनए केन्याका संस्थापक अध्यक्ष कुल कार्की र एनआरएनए तान्जानियाका महासचिब सर्बेश जोशीले सहयोगको लागि आबश्यक पहल सुरू गरेको एनआरएन अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले जानकारी दिए ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More