सवैजसो स्मार्टफोन प्रयोगकर्ताको एउटै समस्या हुन्छ- ब्याट्री चाँडै सकिनु । हाम्रो जस्तो मुलुकमा यो किन पनि पिडादायी हुन्छ भने चाहेको बेला चार्ज गर्न बिजुली उपलब्ध हुँदैन् । तर, स्मार्टफोनको ब्याट्री तपाईको लोडसेडिङ तालिका हेरेर सकिँदैन् । त्यसैले, कसरी ब्याट्रीलाई लामो समयसम्म टिकाउने भन्ने बिषयमा ध्यान दिनु जरुरी हुन्छ । केही सामान्य सावधानी अपनाउँदा पनि ब्याट्रीको लाइफ दोब्बर बनाउन सकिन्छ ।
१. भाइब्रेसन अफ गर्नुहोस्
मिटिङ, सिनेमा हल र कार्यालयमा भएका बेला फोन वा म्यासेज आएको जानकारी दिन फोन भाइब्रेसनमा राख्नु जरुरी हुन्छ । तर, सधैभरि फोन भाइब्रेसनमा राख्दा तपाईको स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ । त्यसैले आवाजले डिस्टर्व गर्ने अबस्थामा बाहेक रिङटोन नै प्रयोग गर्नुहोस् । किनकी रिङटोनले भन्दा भाइब्रेसनले निकै धेरै ब्याट्री खपत गर्छ ।
२. स्क्रिनको प्रकाश मधुरो बनाउनुहोस्
हामीले जतिखेर पनि स्मार्टफोन प्रयोग गर्दा स्क्रिन अन गर्नेपर्ने हुन्छ । जसले गर्दा स्मार्टफोनको ब्याट्रीको महत्वपूर्ण शक्ति स्त्रिmनले खपत गरिरहेको हुन्छ । फोनको ब्राइटनेस सेटिङमा गएर अटो एडजस्ट गर्नु सवैभन्दा राम्रो हुन्छ । त्यसबाहेक तपाईले आफुलाई अनुकुल हुनेगरि फोनको चहक हटाउन पनि सक्नुहुन्छ ।
३.स्क्रिन टाइमआउट छिटो बनाउनुहोस्
तपाईले फोन चलाउन थालेको कतिसमयसम्म फोनको स्त्रिmन सक्रिय राख्ने भन्ने कुराले तपाईको ब्याट्री कति टिक्छ भन्ने कुरा निर्धारण गर्ने छ । त्यसैले तपाईले सेटिङमा गएर स्त्रिmन टाइमआउट समय घटाउनुपर्ने हुन्छ । काम सकेपछि फोनको स्त्रिmन लक नगर्ने बानी हुनेहरुलाई पनि यसले सजिलो बनाइदिने छ ।
४. काम नभएका बेला अफ गरिदिनुहोस्
यदि तपाईले केही घण्टा फोन चलाउनुहुन्न भने यसलाई स्वीच अफ गरिदिँदा फाइदा हुन्छ । किनकी फोनलाई स्लीप, वा इनएक्टिभ राख्दा पनि तपाईको ब्याटि्र खपत भइरहेको हुन्छ । लामो समयको हवाई यात्रा, मिटिङ वा सुत्ने बेला फोनको स्वीच अफ गरिदिनुभयो भने अन गरेपछि अर्को थुप्रै घण्टा तपाईको फोनलाई उर्जा कायम रहने छ ।
५. ब्याट्री चार्ज सही तरिकाले गर्नुहोस्
मोबाइलमा समान्यतयाः तीन प्रकारका ब्याट्रीहरु प्रयोग हुन्छन् । लीओन, एनआईएमएच र एनआईसीडी । पहिलो प्रकारका ब्याट्रीका लागि ब्याट्री पुरै नसकिए पनि चार्ज गरिराख्नुपर्छ भने दोस्रो र तेस्रो प्रकारका ब्याट्रीका लागि भने पुरै ब्याटि्र सकिएपछि मात्र चार्ज गर्नुपर्छ । तपाईंको स्मार्टफोनमा प्रयोग भएको ब्याट्री कुन प्रकारको हो, त्यसको जानकारी लिएर सोहीअनुसार चार्ज गर्नुभयो भने ब्याट्रीको आयु बढ्छ ।
६. अनाबश्यक एप बन्द गर्नुहोस्
आजकल सवैजसो स्मार्टफोनमा मल्टिटास्किङ फिचर हुन्छ । तपाईंले कुनै एप चलाइरहनुभएको छ, त्यो बन्द नगरि अर्को खोल्न सक्नुहुन्छ । तर, एप बन्द नगर्दा तपाईको फोनले बढि ब्याट्री खपत गरिरहेको हुन्छ । एप प्रयोग नगरे पनि एप बन्द नगरेका कारण तपाईको स्मार्टफोनको ब्याट्री सकिइरहेको हुन्छ । त्यसैले सवै जसो फिचर वा एप चलाइसकेपछि अनिवार्यरुपमा बन्द गर्नुहोस् । कतिपय एपलाई मृत अबस्थामा राख्दा राम्रो । यसका लागि इन्ड्रोइड स्टोरमा टास्क किलर एपहरु उपलब्ध छन जसले तपाईलाई निश्चित फिचरमात्र अन गरेर अन्यलाई मृतप्रायः राखिदिन्छ ।
७. जीपीएस अफ गर्नुहोस्
तपाईंको मोबाइलमा रहेको जीपीएस सेवाले तपाईको लोकेसन ट्रयाक गरिरहेको हुन्छ । यो प्रकृयामा मोबाइलबाट डाटा पठाउने र लिनेक्रम चलिरहन्छ । यस्तो अबस्थामा तपाईले थाहा नपाई मोबाइलको ब्याटि्रको खपत भइरहेको हुन्छ । त्यसैले जीपीएस सेवा प्रयोग गर्ने यस्ता एपहरु नचाहिएको बेला बन्द गर्नुहोस् । गुगल म्याप र फेसबुकजस्ता एपले तपाईको लोकेसन ट्रयाक गरिरहेका हुन्छन् । सुरक्षा र गोपनियताका हिसावले पनि लोकसेन ट्रयाक अफ गर्दा राम्रो हुन्छ ।
८. ब्लुटुथ, वाईफाई र थ्रीजी अफ गर्नुहोस्
तपाईको मोबाइलले सिग्नल सर्च गर्दा पनि ब्याट्रीको खपत भइरहेको हुन्छ । जतिबेला कनेक्सन राम्रो हुँदैन, त्यसबेला फोनले राम्रो सिग्नलका लागि निरन्तर सर्च गरिरहेको हुन्छ । यसले तपाईको ब्याट्रीको उर्जा नष्ट गरिरहेको हुन्छ । त्यसैले चाहिएको बेलामात्र ब्लुटुथ, वाईफाई र थ्रीजीजस्ता सेवा अन गर्नुहोस् अरुबेला अफ राख्नुहोस् ।
९. नोटिफिकेसन घटाउनुहोस्
इन्टरनेट जडित स्मार्टफोनमा निरन्तर नोटिफिकेसन आइरहन्छन् । कहिले एप भर्सन अपडेट, कहिले न्यूज अलर्ट, कहिले इमेल नोटिफिकेसन, कहिले खेलको स्कोरको नोटिफिकेसन । तर, यी सवै कुरा तपाईलाई एकैपटक आबश्यक हुँदैनन् । यी नोटिफिकेसनले तपाईलाई दिक्कमात्र बनाउँदैन, हरेक पटक बल्ने स्त्रिन, भाइब्रेसन र आवाजले फोनको ब्याट्री पनि सकिरहेको हुन्छ । त्यसैले नोटिफिकेसन सेटिङमार्फत् अत्यन्तै आबश्यक नोटिफिकेसनलाई मात्र अलर्टमा राख्नुहोस् । यसले तपाईलाई दिक्दारीबाट पनि बचाउने छ, फोनको ब्याट्री पनि जोगाउने छ ।
१०. फोनलाई चिसो बनाउनुहोस्
तपाईले कहिलेकाहीं ख्याल गरेको हुनुपर्छ, फोनको ब्याट्री तातिरहेका बेला छिटो सकिने गर्छ । कारण, ब्याट्रीलाई उसको पूर्ण क्षमतामा चल्न र टिक्न चिसो वातावरण चाहिन्छ । त्यसैले फोनलाई सिधा सूर्यको प्रकाश पर्ने वा बढि तातो हुने अबस्थाबाट जोगाउनुहोस् । सवैभन्दा ख्याल पुर्याउनुपर्ने तपाईको कार पार्किङका बेला हो । यस्तो बेला अक्सर मानिसहरु गाडीभित्रै फोन बिर्सने वा छाड्ने गर्छन् । त्यसो गर्नु ब्याट्री चाँडै सिध्याउनु पनि हो । एजेन्सीको सहयोगमा ओन( लाइन खबर बाट )