BICITRA KHABAR

BICITRA KHABAR

भारतमा गणतन्त्र दिवस मनाइँदै

१२ माघ, काठमाडौं । आज भारतमा ६५ औं गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा यो दिवस मनाउने गरिएको हो ।भारतको ६५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बधाई दिएका छन् ।राष्ट्रपति डा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भारतका प्रधानमन्त्री डा मनमोहन सिंहलाई छुट्टाछुट्टै सन्देश पठाई नेपाल र भारतबीच रहेको सदियौं पुरानो सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।सन्देशमा दुवैजनाले भारतीय जनताको प्रगति र समृद्धिको कामना पनि गरेका छन् । गणतन्त्र दिवसका अवसरमा लैनचौरस्थित भारतीय दूताबासले पनि विविध कार्यक्रम गर्ने भएको छ ।यसैबीच, अस्ट्रेलियाको राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्यहाँका गभर्नर जनरल र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई दिएका छन् ।राष्ट्रपति डा यादवले अस्ट्रेलियाका गभर्नर जनरल क्विन्टिन एलिस लुइज ब्राइस र मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले त्यहाँका प्रधानमन्त्री टोनी एब्बोटलाई पठाएको सन्देशमा दुबै नेताको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको प्रगति र समृद्धिको कामना गरेका छन् । रासस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More