१० माघ, काठमाडौं । मालपोत कार्यालय भरतपुरको मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद न्यौपानेलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।न्यौपानेलाई जग्गा दाखिला खारेज गराउँदा भरतपुर नगरपालिका-१० की रत्नकुमारी पोखरेलसँग लिएको ८ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको छ ।न्यौपानेलाई हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताए ।