BICITRA KHABAR

BICITRA KHABAR

धरपकड बढेपछि मलेसियामा नेपाली कामदारको बिजोग

मलेसिया, माघ ९ – गएको सोमबार बेलुकादेखि मलेसिया सरकारले अबैधानिक कामदारलाई धरपकड र पक्राउ गर्न थालेपछि यहाँका अबैध नेपाली कामदार समस्यामा परेका छन् ।अबैधानिक कामदार राखेवापत जरिवाना तिर्नुपर्ने भएपछि रोजगारदाताले पनि उनीहरुलाई निकाल्न थालेको छ । कम्पनीले कामबाट निकालेपछि अहिले धेरै नेपाली घर न घाटको भएका छन् । अहिले अबैधानिक नेपालीलाई प्रहरीको डर मात्र नभई खाने र बस्ने ठाउँको पनि समस्या भएको छ ।नेपालभन्दा करिब ३ गुणा ठुलो मलेसियाका सबैजसो ठाउँमा अबैधानिक रुपमा बसेका नेपालीहरु रहेकाले उनीहरु राजधानी क्वालालम्पुरमा रहेको दुतावास आइपुग्न पनि सकेका छैनन् । बाटोमा चेकिङ तथा होस्टल, होटल र पसलमा प्रहरीले छापा मारेकाले उनीहरु बाहिर निस्कन समस्या भएको छ ।अबैधानिक रुपमा मलेसियामा बसेका र हाल घर फर्कने तयारीमा रहेका स्याङ्जाका कृष्ण पौडेललाई पनि समस्या परेको छ । कोडाहामा कार्यरत उहाँ भन्नुहुन्छ ‘प्रहरीबाट बचेर दुतावास कसरी पुग्ने भन्ने चिन्ता लागेको छ ।’

मलेसिया सरकारले यो पटकको अभियानबाट सबै अबैधानिक कामदारलाई स्वदेश फर्काउने सूचना निकालेको छ । त्यसैले सबै अबैधानिक कामदारहरु स्वदेश फर्कने नै योजनामा छन् ।नेपाली कामदारलाई स्वदेश फर्काउने बाहनामा नेपाली होटल, पसल र एजेन्टले ठगी पनि गर्ने गरेका छन् । यसरी ठगिएको गुनासो धेरै आएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टसँग संबद्ध जिफण्ट सपोर्ट गु्रप मलेसियाले जनाएको छ ।कतिपयले त एयरपोर्टसम्म पुर्‍याएर अलपत्र पार्ने गरेको पाइएको जिफण्टका मलेसिया संयोजक बेदकुमार खतिवडाले बताउनुभयो । त्यसैले एजेन्टबाट बचेर दुतावास मार्फत नै स्वदेश फर्कन उहाँले आग्रह गर्नुभयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More