बलिउड नायक साहरुख खान आफ्नै होम प्रोडक्शनको ब्यानरमा तयार भइरहेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’को छायांकनका क्रममा घाइते भएका छन् । साहरुखलाई अहिले नानवती अस्पतालमा भर्ना गरिएको छ ।चलचित्रको एक गीतको छायांकनका क्रममा उनी घाइते भएका हुन् । उनको हात र मुखमा चोट लागेको बताइएको छ । ढोका खोल्ने क्रममा साहरुख खान घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको भन्दै डाक्टरले आत्तिनु पर्ने केही नभएको जनाएका छन् ।साहरुख घाइते भएलतगै चलचित्रको छायांकन रोकिएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमालाई फराहा खानले निर्देशन गरिरहेकी छिन् ।