नेपाली सिने बजारमा उत्तेजक दृश्य र संवाद प्रयोग गरिएका चलचित्रहरुको निर्माण कम हुँदै गएको छ । तर यही भिडमा ‘जीगोलो’ नामक सिनेमा प्रदर्शनमा आउने तयारीमा छ । यादव सिलवालले निर्देशन गरेको यो सिनेमा फागुन १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा प्रभावकर श्रेष्ठ, महिमा सिलवाल, जीया केसी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको निर्माता पनि प्रभावकर श्रेष्ठ नै हुन् । म्यागनोलिया फिल्मस् इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो सिनेमामा पि्रतम पाण्डेको सम्पादन, अजय स्यान्तानको नृत्य, रत्न कार्कीको छायांकन, अर्जुन पोख्रेलको संगीत छ । चलचित्रमा राजु श्रेष्ठले पनि लगानी गरेका छन् । चलचित्रले बेश्या पुरुषको कथा बोल्छ । चलचित्र भित्र नायक प्रभावकर श्रेष्ठ ‘जीगोलो’को भूमिकामा देखिएका छन् । चलचित्रको सेन्सर भने भैसकेको छैन । यसैले पनि यो सिनेमाले सेन्सर बोर्डबाट कस्ता झन्झट ब्यहोर्न पर्ने हो, समयले पक्कै बताउनेछ ।