BICITRA KHABAR

BICITRA KHABAR

यस्तो थियो गद्धाफीको सेक्स च्याम्बर (फोटो फिचर)

एजेन्सी ।विद्रोहीद्धारा मारिएका लिवियाका पूर्व शासक मुआमर गद्धाफीले युवतीहरु वलात्कार गर्न बनाएको कोठाको तस्वीर पहिलो पटक सार्वजिनक भएको छ ।४१ वर्ष लिवियामा शासन गरेका गद्धाफीले १४ वर्ष देखिका किशोरीहरुलाई वलात्कार गर्ने मात्र होइन मन परेकाहरुलाई यौन दाशी समेत बनाउँथे ।सेक्स गर्नकै लागि गद्धाफीले कैयौं किशोरी तथा युवतीहरुलाई बन्धक बनाएर राखेका थिए ।

गद्धाफीले आफ्ना सेक्स शिकार खोज्नका लागि युवाहरुको एउटा दस्ता नै बनाएका थिए ।उनको दस्ता विभिन्न कलेज तथा विद्यालयमा गएर गद्धाफीका लागि यौन दाशीहरुको छनौट गर्थे ।विद्यालय तथा कलेजमा गएर लेक्चर दिने गद्धाफीले सोही क्रममा आफूलाई मन पर्ने केटीको निदारमा चिनो लगाइदिन्थे र उनका युवा दस्ताले पछि ति युवतीहरुलाई अपहरण गरेर गद्धाफीको सेक्स च्याम्बरमा पुर्याउँथे ।

गद्धाफीले प्रयोग गरेको सेक्स च्याम्बरमा युवतीहरुको यौन स्वास्थ्य परीक्षण गर्न र आवश्यक परेमा गर्भ पतनका लागि सबै उपकरण समेत राखिएको फेला परेका छन् ।

गद्धाफीसँग यौन क्रिडा गर्न तयार नहुने युवतीलाई तडपाएर मारिन्थ्यो भने विरोध गर्ने परिवारलाई पनि गोली हानिन्थ्यो ।४२ वर्ष लिवियामा शासन गरेका शासक गद्धाफीलाई सन् २०११ को अक्टोबर महिनामा विद्रोहीले उनकै गृहनगर सिर्तका सडकमा घिसारी घिसारी मरेका थिए । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More