BICITRA KHABAR

BICITRA KHABAR

काबुलमा आत्मघाति बम विस्फोटमा पाँचको मृत्यु

१२ माघ बिहान ७ बजे अफगान राष्ट्रिय सैनिकका कर्मचारीहरु बोकेको बसमा भएको आत्मघाती बम आक्रमणमा पाँचजनाको मृत्यु भएको काबुल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आक्रमणमा तीन अफगान सैनिक र सडकमा हिंडिरहेकी एक महिलाको मृत्यु भएको छ ।आत्मघाती आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको छ । आक्रमणमा अन्य नौ जना व्यक्ति घाइते भएका छन् भने कयौं पसलहरु र दुर्घटना भएको स्थलनजिकै रहेका सवारी साधनहरु क्षतिग्रस्त भएका छन् ।आक्रमणको कुनै पनि समूहले जिम्मा नलिए पनि यस्ता आक्रमणमा तालिवान आतङ्ककारीकै हात रहेको काबुल प्रहरीको दाबी छ ।द्वन्द्वग्रस्त देश अफगानिस्तानमा सन् २०१० मा एक लाख ३० हजार नेटोसँगआवद्ध सैनिक तालिवानसँग युद्धरत थिए । हाल यो सङ्ख्यामा ५७ हजार भन्दा बढीले कमी आएको छ । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा युद्धरत सबै नेटो सैनिक फर्किसक्ने नेटोसँग आबद्ध देशहरुले निर्णय गरिसकेका छन् ।
त्यसपछि अफगानिस्तानमा सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलले नै लिनुपर्ने छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More