BICITRA KHABAR

BICITRA KHABAR

फेसबुकका दिन सकिन लागे, ८० प्रतिशत प्रयोगकर्ता गुमाउँदै !

अब फेसबुकको दिन सकिँदैछ । यो दावी हामीले होइन, पि्रन्स्टन यूनिभर्सिटीको मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ डिपार्टमेन्टले गरेको हो ।प्रिन्स्टनले आफ्नो अध्ययनमा फेसबुकलाई एक खतरनाक विमारीको रुपमा उल्लेख गरको छ, जो विस्तारै समाप्त हुँदैछ । उसको दावी छ कि २०१५ देखि २०१७ को बीचमा फेसबुकले ८० प्रतिशत प्रयोगकर्ता गुमाउनेछ फेसबुक आफ्नो चरम लोकपि्रयतामा पुगेको छ । अध्ययनका अनुसार फेसबुकको पुरा ग्राफ माईस्पेसको जस्तै देखिएको छ, जुन एक पटक लोकप्रियताको चरम सीमामा पुगेपछि र्झन सुरु हुन्छ । ४ फेब्रुअरीमा फेसबुक सुरु भएको १० वर्ष पुरा हुँदैछ ।किन समाप्त हुँदैछ फेसबुक ?
अध्ययनका अनुसार फेसबुकको लोकपि्रयता घट्नुमा यसको फिचर्सको ठूलो हात छ । पछिल्लो वर्षमा फेसबुकले लगातार आफ्नो लोकप्रियता गुमाइरहेको अध्ययनको दावी छ ।२०१३ मा टिनएजर्सको अकाउन्टको मामिलामा फेसबुक पनि पछि थियो । फेसबुकको तुलनामा यूट्यूब उनीहरुको मनपर्ने साइट बन्दै गएको छ ।
फेसबुकका फिचरहरु धेरै लोकपि्रय भएका कारण अब आफ्नै पहिचान गुमाउँदैछ । २०१२ को रिसर्चले गुगलमा फेसबुकको सर्च निकै घटेको छ ।प्रिन्स्टनको रिपोर्ट अनुसार फेसबुक माईस्पेस जस्तै समाप्त हुँदैछ । माईस्पेसको १०० मिलियन प्रयोगकर्ताको तुलनामा फेसबुकको १.२ बिलियन प्रयोगकर्ताको तुलना गर्न नमिल्ला तर, यो भबिष्यबाणीले नयाँ बहस भने सुरु भएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More