कहिले अन्य राजनीतिक दल त कहिले आफ्नै पार्टीका कमरेडहरुलाई झुक्काएर तिरिमिरिझ्याईं पार्ने माओवादी अध्यक्ष प्रचण्डले यसबेला चिनियाँहरुलाई पनि चकित बनाइदिएका छन् ।पहाडमा बढि र तराईमा कम राज्य बनाएर भारतीयले चलखेल गर्न लागेको आशंकामा चिनियाँहरुले किन त्यस्तो गरिएको हो भनि पटक पटक प्रचण्डलाई सोधेका रहेछन । नेपालमा जनजातिका नाममा बढ्दो युरोपेली लगानी, संघीयताको आबश्यकताबारे पनि उनीहरुले प्रचण्डलाई जिज्ञासा राखेका रहेछन् । आदिवासि जनजातिका नाममा पहाडमा बन्ने राज्यको सिमा आफ्नो मुलुकसंग जोडिने भएकाले त्यसबाट उत्पन्न हुने प्रभावबारे प्रचण्डसँग जिज्ञासा राख्दै आएका रहेछन् । तर, चिनियाँ कुटनीतिज्ञहरु प्रचण्डको जवाफ सुनेर चकित भएको आजको जनआस्था साप्ताहिकले छापेको छ । प्रचण्डले भनेछन-अहिले जनजातिको लहर आएको छ, उनैको मुद्दालाई साथ दिएर म यहाँसम्म आइपुगें । यसैको जगमा उभिएर सत्तामा पुग्ने हो, त्यसपछि त यो प्रकरणलाई नियन्त्रण गरिहाल्छु नी किन चिन्ता गर्नुहुन्छ ?’ आदिवासी जनजाति र मधेसीसँग रहेको ५१ प्रतिशत मतको अभावमा अन्य दललाई प्रत्यक्ष राष्ट्रपति चुनावमा जित्न नसकिने आफ्नो बाध्यता पनि उनले चिनियाँसमक्ष राखेका थिए । सवैभन्दा ठूलो दलको नेताबाट यस्तो कुरा सुनेपछि चकित बनेका चिनियाँहरुले अन्य दलका नेताहरुसँग पनि यही कुरा सोधेर प्रचण्डको आशयमा स्पष्ट हुने कोसिस गरेको समाचारमा उल्लेख छ ।
.jpg)


