BICITRA KHABAR

BICITRA KHABAR

यि हुन् सेक्सको लत भएका हलिउड सुन्दरी !

हलिउड सुन्दरीहरुलाई विभिन्न किसिमको लत लागेको खबर त सार्वजनिक भएकै छन् । कोहीलाई मदिराको लत त कसैलाई धुम्रपानको लत । तर यहाँ हामी सेक्स क्रेजी केही सुन्दरीहरुको चर्चा गर्दछौ ।हलिउड चर्चित नायिका एन्जेलिना जोली सेक्स एडिक्ट भएको उनको पूर्व प्रेमिका जेनी शिमिजूले खुलासा गरेकी थिइन् । जेनी लेस्बियन थिइन् ।उनले एन्जेलिनालाई बेडरुममा चक्कु लिएर जाने सोख रहेको खुलासा गरेकी थिइन् । यस्तै हलिउड पप गायिका ब्रिट्नी स्पियर्स पनि सेक्स क्रेजी भएको बताइन्छ । उनलाई बेडमा लामै समय बिताउन मन पर्ने समाचारहरु पनि सार्वजनिक भएका थिए ।

 यस्तै अर्की हलिउड स्टार लिड्से लोहानले आफ्नो जीवनमा थुप्रै स्क्यान्डल मच्चाइसकेकी छिन् । उनले आफूलाई बिस्तारामा एक्लै सुत्न मन नलाग्ने बताएकी थिइन् । आफ्नो सेक्स प्रतिको क्रेजलाई रोक्न उनलाई खुबै हैरानी भएको बताइन्छ । अर्की हलिउड स्टार पेरिस हिल्टन पनि सेक्स एडिक्टमा दहरिन्छिन् । मदिराको लत देखि सेक्स टेप विवादमा उनी परिसकेकी छिन् । उनको सेक्स टेप ‘वन नाइट इन पेरिस’ले निक्कै तहल्का मच्चाएको थियो । उनका भूतपूर्व सेक्स पार्टनरहरुले उनलाई सेक्स एडिक्टको रुपमा विश्लेषण गरेका छन् । अर्की हलिउड स्टार डेनियल स्टैबको सोख सेक्स टेप सार्वजनिक गर्नु, पार्टीमा ड्रक्स प्रयोग गर्नु, अनि सेक्स क्रिडामा रमाउने रहेको छ । उनमा सेक्स एडिक्शनको रोग नै लागेको थियो जसका कारण उनले उपचार पनि गराएकी थिइन् । सन् १९७० देखि ८० सम्मको समयमा हलिउडमा सुपरमोडलको रुपमा चिनिएकी एम्बर स्मिथको जिन्दगी सेक्सको लतमा बितेको बताइन्छ । सेक्स रिहेब सेन्टरमा पनि एम्बर केही समय बसेको बताइन्छ । शारीरिक सम्बन्ध राख्न नपाए उनी पागल जस्तो हुने गरेको बताइन्छ । हलिउडमा चर्चित कलाकारको रुपमा चिनिने निकोल नरेन सेक्स रिहेब सेन्टरमा नगइन्जेलसम्म निक्कै चर्चित र सम्मानजनक स्थानमा थिइन् । तर जब उनी सेक्स रिहेब सेन्टरमा गइन् यसपश्चात उनको वास्तविकता बाहिर आएको थियो । शारीरिक सम्बन्ध राख्न नपाए उनी पनि पागल जस्तै हुने गरेको बताइन्छ । -

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More